Saturday, October 24, 2015

मेरो कथा ~ १


अङ्क १

 २१ औ शताब्दी को कुरा...
माया, प्रेम र घृणा जुन हामी भाव-वाचक भनेर पढ़ठौ। अहिले नि भाव नै हुन् तर मान्छे ले त्यसलाई नियाल्न खोजेनन्। प्रेम सिर्फ, I LOVE YOU मा सिमित भयो। जमाना कहाँ बाट कहाँ पुग्यो अत्तो-पत्तो भएन। लिखित चिठी देखि लिएर फेसबुक को मेसेनजर् सम्म पुग्यो।
 
यो काहाँनी येही युग को हो, जहाँ एक प्रेमी ले एक प्रेमिका लाई ति तीन शब्द बोल्न धेरै समय लगायो। यो प्रेम कथा हो, म (सगुन) र यूरिका बीच को!

पढाइ कै सिल-सिलामा म अस्ट्रेलिया आइपुगे। हुन त मलाई उनी, यूरिका धेरै नै मन पर्थ्यो। कहिले कहिँ लाग्थ्यो मलाई उनी ले नि मैले जस्तै माया गर्थे भनेर। तर अन्त्य मा म गलत हुन पुगे।
अस्ट्रेलिया को लागि हिड्ने क्रम को कुरा, उनी लाई फोन गरे। धन्न उनले उठाइन। मेरो उडान हुन १ घण्टा जति बाकी थियो। मैले घर मा गर्नु को सत्ता यूरिका लाई नै गरे। के यो माया थियो? थाहा थिएन माया हो कि हैन भनेर तर केवल मलाई उनको आवाज सुन्नु थियो। मलाई दु:ख लागेको क्षण त्यहि बेला महसुस गरे किन कि यूरिका ले मलाई अन्तिम चोटी विमान स्थल सम्म पुर्याउन आएन। धेरै कर गर्दा समेत आएन, बरु उल्टै भन्निन, तिमी जाने बेला मैले आफ्नो emotion control गर्न सक्दिन। सायद होला पनि, त्यति बेला सम्म हाम्रो मित्रता अलि गहिरो सम्बन्धमा बाधी सकेको थियो। खै कुन्नि मैले फोन गर्दा उनी घर पुगी सकेको थिइन। कुरा त्यति भएन, त्यहि के गर्दै छौ? साथी छ कि छैन? येस्तै प्रश्न हरु सोध्दै बसिन् र मलाई केहि बोल्न दिएन। मैले एक एक प्रश्न को जबाफ दिदै बसे र समय बितेको थाहा पाइन। उनी संग धेरै नै कुरा गर्न मन थियो, सायद अरु १ घण्टा जति बाकी भएको भए मैले सिधै यूरिका लाई प्रेम प्रस्ताब राख्थे होला। यूरिका ले राम्ररी जाऊ धेरै सम्झना भनेर बिदाई मागिन्। त्यो क्षण नै सबै भन्दा दुख लागेको क्षण जस्तो महसुस गरे। म आफ्नो बाटो तिर लागे र प्लेन मा बस्न गए। थ्यांक गड!!! मलाई झ्याल भएको सिट पाए।  हतार हतार मा मैले फोटो खिचेर दाई लाई मेसेज गरे र उहा ले नि सुभ यात्रा भनेर भन्नु भयो।

प्लेन उड्न सुरु हुन् लाग्यो र पाईलोट ले सबै लाई आफ्नो आफ्नो सिट बेल्ट लगाउन आग्रह गर्नु भयो। मैले हतार हतार मा सिट बेल्ट लगाई हाले तर मैले राखेको नमिलेर फेरी Air Hostess ले सिकाएर जानु भयो। मेरो मन जोड ले धड्कन थाल्यो, हुन त डर थियो मलाई केहि होला कि भनेर! हुन त पहिलो चोटी थियो कसलाई डर नलाग्ला।  डराई-डराई मैले प्लेन को झ्याल बाट भिडियो खिच्न थाले। एक चोटी प्लेन झ्वाट्ट तल जादा मन नै सिरिङ्ग भयो। त्यो पल ले गर्दा त मलाई heart attack नै आउछ कि जस्तो नि लागेको थियो।

बोल्न लाई कोहि थिएन, न त side को केटि लाई चिन्थे न त अगाडी को केटि। म संग थियो त केवल मोबाइल, त्यहि मोबाइल मा म गीत सुन्दै, उनको फोटो हेर्दै बसे। मैले उनकै फोटो हेरेको हेरै गरे, सायद मेरो side मा बस्ने केटि ले के मात्र सोचेर बस्यो होला। एक छिन् पछि मैले मोबाइल मा क्यामेरा खोले र आफ्नो अनुहार हेर्दा आफै लाई हास् उठ्यो। हास उठ्नु को कारण मेरो कपाल, कपाल यसो कन्याएको हल्का चामल खस्न थाल्यो। सायद मैले २० - ३० मिनेट जति आफ्नो कपाल मा तेही चामल निकाल्दै बसे। खै! कहिले निदाएछु उठ्दा Air Hostess ले खाजा ल्याउदै थियो। मैले नि लिए र खादै बसे आनन्द ले।  यसरी नै मेरो नेपाल देखि सिङ्गापोर सम्म को यात्रा भयो।  फेरी प्लेन फेर्नु पर्थ्यो, भगवान को कृपा ले मलाई फेरी झ्याल कै सिट पाए। यसरी नै म अस्ट्रेलिया सम्म पुगे।  मेरो फोन को Lock स्क्रीन मा यूरिका कै हात को तस्बिर थियो भन्ने Home स्क्रीन मा भने मेरो र यूरिका को फोटो, त्यो नि Garden of Dream घुम्न जादा को।

Finally, म अस्ट्रेलिया पुगे। सोचेको जस्तो थिएन, धेरै नै भिन्न, भिन्नता मा म नि एक बेग्लै किसिम को थिए। मलाई अरु कसैको भन्दा यूरिका कै धेरै याद आयो। मोबाइल मा फेसबुक चलाउछु, त्यहि सोच मा कि उनी online छ कि छैन भनेर।
 
- सकिन महर्जन
(व्याकरण मा गल्ती भए कृपया सचाउनु पर्ने ठाउँ उलेखित गरि Comment गर्नु होला।)
     
  

No comments:

Post a Comment