Thursday, April 27, 2017

म र मेरा अतितहरु


ठीक १० बर्ष अगाडि को कुरा तिमीले मलाई भनेको थियौ, तिम्रो मन त ढुङ्गा जस्तै रहेछ? कहिले नपग्लिने! तिम्रा ति शब्द कहिले भुल्न सकिएन |तर तिमी भने मेरो जवाफ नसुनी तिमीले मेरो पथर दिल लाई छाडेर गयौ। सायद नजानु नि कसरी, पथर को मन जो थियो! पग्लिन मुस्किल नै हून्थ्यो। तर एक पटक मेरो क़ुरा बुझिदिएको भए मेरो अतितमा कुनै दांग हुन्थेन होला। आँखामा अाँसु सायद देख्नु पर्दैन थियो होला! अचेल सायद कै तरङ मा बाँच्दै छु। गल्ती थियो त के? जसले गर्दा म आज तर्पिदै छु। कारण? आज तिमी अरु कोइ सँग दुखी देख्दा। हो अरु कोही सित!
यो मनले तिमीलाई दुखी भएको सहन सकदैन। म त केवल एक निष्ठुरी, छाडेर त पक्कै नै जानु नै थियो। मेरा अतित हरु जान्न चाहन्छ, तिमीले गल्ती देख्यौ कहाँ? सायद कै जिन्दगी मा कति वर्ष बाच्नु, यसरी बाच्नु भन्दा मर्न बेस लाग्छ प्रिय! लाग्छ कि तिमीले केहि कुरा आफ्नै भित्री मनमा दबाएर राखेको छौ। बिर्स्यौ ति दिन का कुरा हरु, मैले मेरा दुख हरु दबाएर राख्न खोज्दा, भनेको थियौ यस्तो कुरा दबाएर राख्नु भन्दा खुलेर मलाई भन्दा हुन्छ भनेको थियौ।
गल्ती मेरै थियो होला तिमीलाई कतै नभएको माया गर्न पुगे। तिम्रो खेलौना हुन पुगे, भनेको कुरा सबै पुरा गरिदिए, त्यती मात्र नभई आज बाट हाम्रो सम्बन्ध बिछेदियो भनेको थियौ त्यो नि मैले स्वीकारे। तर अन्यौल त तब पार्‍यौ जब मेरो मायालाई धिकार्‍दै अरु कसैको हुन गयौ। तिम्रो खुशी सायद मेरो हाँसो मा थिएन बरु तिम्रो घर परिवारको निर्णयमा थियो।
#सन्दर्भमायाको


No comments:

Post a Comment