Wednesday, June 24, 2015

मेरो अन्धो काहानी ~ B१

PART B 
अङ्क १ 

… उनको जन्म मिति December 9 भनेर लेखे। 

सरङ्ग लाई सम्झिदै बस्दा कहिले सुते भनेर याद नै भएन। बरु अर्को दिन उठे मोबाईल मा उनकै फोटो हेर्दै बसे। आज उनलाई प्रेमको प्रस्ताब राखौ जस्तो भो, तर आफ्नै मन ले मानेन।
 
फेसबुक खोले, अफ-लाइन थिईन तर पनि मैले मेसेज पठाए, दिनेश को भनेर?
 
मेसेज पठाएको एक क्षण पछि मलाई आत्मग्लानी भयो, र सोचे बेकार मा पठाएछु भनेर। त्यो मेसेज ले एक किसिम को हुरी-बतास ल्याउने सन्का दिलायो। पठाइ सकेको मेसेज मेटाउन गार्हो थियो, हुन त जे मुख मा आयो त्यो चै कहिले बोल्नु हुदैन रहेछ।

फेसबुक लग्-आउट गरे र एक छिन् हिजो का कुरा हरु सम्झिदै बसे। त्यो खुशी को पल जब सरङ्ग ले मेरो बुबा लाई ससूर-बुबा भन्यो, र त्यो घटना जब उनी ले मलाई हेरी हास्दै बसिन। यस्तो लागेको थियो कि त्यो दिन जहिले आवोस्। हुन् त यसो सोचे, उनी लाई मैले दिएको Teddy मन परेको हो कि हैन? जिन्दगि मा पहिलो चोटी कसलाई गिफ्ट दिएको। मेरो जिन्दगि मा सबै कुरा पहिलो चोटी हुदै थियो, पहिलो माया देखि लिएर पहिलो केटि साथी।  
खाजा खाई सकेपछि फेरी म फेसबुक लग्-इन गर्न खोजे र खोल्ने बितिकै देखि हाले सरङ्गको मेसेज। लेखेको थियो तिमी ले कसरी चिन्यौ भनेर? उनी अन-लाइन नै थिइन्, मैले रिप्लाई दिए, 'तिम्रो फेसबुक मा दिनेश संग फोटो देखेको!' फेरी पठाए (दिस्किदै) केटा त hansii रहेछ त! तिम्रो boyfriend हो ? केहि मिनेट प्रश्चात  उनको मेसेज आयो, हो तर अहिले हैन। ब्रेक-उप भइ सक्यो भनेर भनिन! मैले ब्रेक-उप को कारण सोधे तर उनले भन्न मानिन। म रिसाएको जस्तो गरे तर केहि काम लागेन, झन् उनी पो रिसाइन र लग-आउट गरिन। म त झन् अन्योल मा पो परे, अब के गर्ने - सरङ्गलाई कसरी मनाउने भनेर सोच्दै बसे। केहि घण्टा पछि मैले उसको मोबाईल मा कल गरे तर उनले उठाइनन। ४ - ५ चोटी गरे तर पनि उनले मेरो कल receive गरिनन्।हल्का रिस त उठ्यो तर आफ्नै गल्ति महसुस गरे र कसरी माफी मागौ जस्तो भयो। एक छिन् पछि, I am Sorry भनेर मेसेज पठाए तर पनि केहि रिप्लाई आएन। त्यो दिन त्यसै बित्यो, उनको कल वा मेसेज आउछ कि भनेर… 

अर्को दिन बिहान ढिलै उठे, हुन त आज अन्तिम बिदा थियो, भोलि देखि फेरी बिहान देखि कलेज जानु पर्ने। मलाई त सोच्नै अल्छि लाग्थ्यो, त्यसमा नि सरङ्ग म संग रिसाएको कसरी झेल्ने भन्दै सोच्दै बसे। मोबाईल हेरे, थिएन कुनै कल न त कुनै मेसेज… फेरी फेसबुक मा मेसेज पठाएको होलान कि भनेर हेरे तर केहि थिएन। कल गर्न खोजे तर १ रिङ्ग मै कल काटीदिए। मलाई त झन् आफै संग रिस उठ्यो, हिजो अस्ती सम्म राम्ररी बोल्ने केटि आज एउटा प्रस्न ले म संग बोलिनन्।  साचिकै केटि हरु लाई बुझ्न त गार्है रहेछ। केहि घण्टा पछि सरङ्ग को मेसेज आयो, लेखेको थियो … Leave me alone. यो तिन शब्द ले त मेरो चित्त अत्ति दुख्यो। सिधै फेसबुक खोले deactivate गरिहाले र मोबाईल समेत switch off गरेर बसे। 
झन् भोलि कलेज समेत नजाने योजना बनाए। तल कोठा मा आमा बसी राख्नु भएको थियो र त्यहाँ गएर आमा लाई भोलि चाडो नउठाउनु भने। किन भनेर सोध्नु भयो तर त्यसको जवाफ नदिई मा सरा-सर आफ्नो कोठा मा आएर पल्टिन थाले। के पल्टेको थिए, मलाई सरङ्ग को झल् झली याद आयो खै आँखा बाट कसरी आशु खस्यो। मलाई चिचाएर रून मन लाग्यो, तर त्यसरी रुन सकिन। खै! कहिले सुतेछु याद नै भएन। आमा ले बोलाएको सुन्ने र जुरुक्क उठे घडी हेर्दा ५ बाजी सकेको थियो तर मलाई मुश्किल भयो छुटाउन; दुइसो को ५ बजे कि बिहान को ५ बजे भनेर। बाहिर हेरे हुसु परेको थियो र थाहा पाए कि बिहान को ५ बजे भएको थियो भनेर। ठुलो स्वोर ले कराउदै आमा लाई भने, किन उठाउनु भएको? आमा ले भन्नु भो, तल कोठामा सरङ्ग बसिराखेको छ। म छक्क परे सरङ्गको नाम सुन्ना साथ! यति बिहान सरङ्ग मेरो घर मा किन? 

तल कोठा मा गए र सरङ्ग लाई नियाल्दै हेरे, उसको त्यो हँसिलो मुहार, गाला को दिम्प्ल। ति कुरा हरु म संग वर्णन गर्न शब्द हरु नै थिएन। मेरो मुहार मा एक प्रकार को खुशी आयो तर त्यो खुशी लाई लुकाउदै म सरङ्ग भएको ठाउँ मा गएर उभिए।  
- सकिन महर्जन
(व्याकरण मा गल्ती भए माफ पाउ।)   
                         

No comments:

Post a Comment