Thursday, April 9, 2015

छोरो को भिजा आयो रे!

आमा रुनछिन् होला, सायद बुबा नि तर रुझन त दुवै को आखा रुझ्ने होला। एक्लो छोरो विदेश पो जाने भो भनेर डराउने कि? कतै समाज ले भन्ने हो कि, बुदो आमा बुबा लै छाडेर मस्ती गर्न गयो कि भनेर?

सुत्न अघि जहिले येही सोच्दै म सुत्थे! निन्द्रा नि पटकै लाग्दैन थियो। यो कुरा भुल्दै अरु कुरा सोच्न कोसिस गर्छु तर बेकार थियो। याद ले सताउने हो कि भनेर डर! कुरा सम्बन्ध को, नाता रगत को थियो। यसो सोचे के मैले गर्न लागि राखेको कुरा सहि त हो। आफ्नै कुरा कुरा मा काट्दै, अब जे गर्यौ ठिकै गर्यौ। सम्झेर, रोएर केहि हुने वाला थिएन अब त त्यहि समय संगै भिजा को प्रतिक्षा गर्नु थियो। मन-मनै आएन भने के गर्ने, त्यतिका ऋण लिएको पैसा कसरी तिर्ने? आएन भने चै, नेपाल मै जुन भए नि पढ्नु पर्ला भनेर आट राखे र खै त्यो दिन कसरी सुते। हुन त प्रोसेसिङ्ग सबै सकीसकेको थियो, बाकी थियो भिजा आउने। तर धेरै समय बाकी थिएन, केवल २-३ दिन बाकी थियो। 

बिहान चाडै उठे, हुन त आमा ले उठाउन आउनु भएको थियो। उठे मन लागि नलागी, त्यो दिन थियो ५ फेबुररी २०१५ बिहिबार को दिन… भिजा नलागेको कारण बिहानै पुजा गर्न लैजानु भो। हुन त म विश्वास गर्ने खाल को थिएन तर चाहिने बेला चै जहिले भगवान लाई सम्झन्थे। गए बिहानै, पुजा गर्दै माथि त्रि-शक्ति भगवान को दर्सन् गरेर फर्के। घर पुग्ना साथ तेही अल्छी पन ले छोयो र मा फेरी सुत्न गए (हुन त पुजा पाठ सकेको थिएन )। ९ बजे तिर मलाई आमा ले उठाउनु भो तर गाली चै गर्नु भएन। फेरी म (बंगला मुखी मन्दिर) को दर्शन गर्न रेडी भए र १० बजे तिर गन्तब्य तिर लाग्यौ। बंगला मुखी मन्दिर त पुगे तर मान्छे को लाम देख्दा मलाई त झन् लाम मा बस्न मन लागेन।  मेरी आमा लाइन मा उभिनु भो र मैले उहाको झोला समाते र कुना मा गएर बस्न गए र त्यहि भिजा को कुरा सोच्दै बसे। चर्को घाममा २ घण्टा उभिए पछि बल्ल-तल्ल पालो आयो। यो कुरा सोच्दा मलाई अहिले नि दु:ख लाग्छ मेरो आमा ले के कस्तो गर्नु भो भनेर। बल्ल तल्ल सकाए र घर फर्किए।

बिहिबार को दिन त्यसै समय बित्यो, घर पुग्न साथ म सुतिहाले। सुतेर उठ्दा ३ बजे भइ-सकेको थियो। म उठे र पसल मा गएर बुबा लाई सहयोग गर्ने थाले। जहिले झैँ बुबा ले मलाई गाली गर्नु भो, केहि खाएन भनेर। खानु नि कसरी? भोक नै हराई सकेको हुन्थ्यो जहिले, तेही भिजा को टेन्सन ले गर्दा। बिहिबार को दिन नि त्यसै बित्यो।

शुक्रबार, ६ तारिख
यहि दिन मेरो कलेज को Orientation थियो। खात मै सुतेर बसे तर मेरो आखा बाट आशु झर्दै गर्यो। मेरो भिजा नलाग्ने भो भनेर। मोबाइल हेरे, कसैको मिस-कल थिएन न त मेसेज नै। बरु म जुरुक उठेर फ्रेश हुन थाले र फ्रेश भएको लगतै साथी को कल आयो र सिलौटी (हरिसिदी को एउटा ठाउँ) मा आउन को लागि आग्रह गर्यो, म एक छिन् मा आउछु भनेर फोन राखे। साढे १ बजी सकेको थियो र म नि सिलौटी पुगे र मेरो साथी हरु हास्दै मस्ती गर्दै थियो।  तर मलाई त्यो दिन केहि गर्न मुड थिएन तर पनि हासी खुसि, म लाददै पल्तिदै चल्न थाले र फोटो हरु खिच्दै समय बिताउन थाले। ठ्याकै ३ बजे र ८ मिनेट भयो र मेरो मोबाइल बज्न थाल्यो।  मलाई कसको नम्वर भनेर थाहा थिएन र साथी हरु भन्दा अलि टादा गएर फोन के उठाएको हेल्लो भन्न नपाई उता बाट बधाई छ सकिन  भाई भन्यो। मलाई कसको स्वर भनेर थाहा थियो र सर ले भन्नु भो कि मेरो भिजा आयो भनेर। मैले फेरी  प्रश्न सोधे भिजा आएको हो र भनेर…. उहाको उत्तर त्यहि थियो। उहाले मलाई आजै consultancy मा आएर भिजा लिन आउन आग्रह गर्नु भो र मैले हुन्छ भनेर फोन राखी दिए।
हुन त फोन राखी सके पछि मेरो आखा मा खुशी को आसु संगै दु:ख थियो। अब के गर्ने भनेर चिन्ता झन् बदन थाल्यो। नेपाल मा त अब केहि दिन को लागि मात्र पाहुना हुने भयो म त! साथी हरु तिर गए र खुशी भएको expression दिए  र थाहा पायो कि मेरो भिजा आयो भनेर। मेरो साथी हरु लाई खुशी त लागेको थियो तर दु:खी नि त्यति कै उनि हरु को अनुहार मा थियो। मलाई consultancy मा जानु थियो र साथ साथै घर मा नि भन्नु थियो।  हामी आफ्नै गन्तब्य तिर लाग्यौ र पछि भेट्ने निर्णय गर्यौ। छुटिनु अघि मैले साथी हरु लाई कसैलाई नभन्नु भनेर भनेको थिए।
घर पुगे, आमा र बुबा संगै बसेर घाम ताप्दै बस्दै थियो। अगाडी गएर कसरी भनौ जस्तो भो, गएर भन्न आट आएन… फेरी म पक्कै जाने भयो भनेर दुवै जना रोइदिने कि भनेर डर थियो। सिधै बुबा को अगाडी गए र मैले भिजा आएको कुरा भने, उनको आखा मा आशु थियो, खै के को आसु थियो मैले त  भन्नै सकेन। दु:ख को कुरा म त चाडै नै उनि हरु लै छाडेर जादै छु। मेरो मन ले नै मानी राखेको थिएन अब त चाडै यो देश लै छाडेर जादै छु भनेर। मैले आफु लै चाहिने सबै बोकेर  consultancy जाने लागे। जानु अघि मैले मेरो बुबा रुदै गरेको देखे, मैले त्यो हेर्ने सकेन। म नि एक छिन् रुदै बसे त्यो नि एक्लै बसेर।

Consultancy गए र मलाई सक्भर चाडो भन्दा चाडो अस्ट्रेलिया पुग्नु पर्ने भो। मलाई त झन् टेनसन् भो, अब त साथी हरु संग नि समय बिताउन नपाउने भो भनेर। सायद मैले त्यो दिन सबै भन्दा ठुलो भुल गरे… घर मा आमा बुबा दिदी हरु लाई समय दिने मेरो सोच मै आएन।  सायद यहि भुल ले गर्दा मलाई जिन्दगि भर मलाई सताउदै बस्छ होला।
म संग केबल १ हप्ता थियो, सबै कुरा मिलाउने… सपिङ्ग देखि लिएर प्लेन टिकट सम्म मिलाउनु थियो। यस्तो सोचे के मैले  गल्ति त गरिन विदेश जाने सोचेर! आज आएर म जाने भए मेरो आमा, बुबा साथी भाई लाई छाडेर!

{बुबा को माया देखे एउटा सन्तान प्रति, दु:खी मन लाई टोलाएर हेरेको छु मैले। उनको आखा को आशु पुस्ने केवल म थिए तर मैले पुस्न सकिन किन कि उनकै माया ले गर्दा म नि भाबुक थिए। सायद मैले जिन्दगि कै ठुलो decision लिए…  }

म १४ फेबुरेरी २०१५ मा अस्ट्रेलिया पुगे। यात्रा लामो थियो तर घर कै सोच ले गर्दा त्यसले छोटो पारीदियो।

- सकिन महर्जन  
(केहि गल्ति भए मा माफ गरिदिनु होला र गल्ति भेटे मा सचाउनु पर्ने ठाउँ देखाई कमेन्ट गर्नु होला। )    

No comments:

Post a Comment