Thursday, January 22, 2015

संबिधान खै?

माननीय ६०१ सभासद ज्यु,
यो कुनै चिठी हैन न त कुनै व्यंगात्मक लेख, यो त एउटा सानो भावना हो त्यो नि एक नेपालीको। लेख्न त मन थिएन तर हजुर हरु आफैले मलाई लेख्न बाध्य बनाउनु भो। लेखौ नि के, मलाई त भित्री मन देखि सबै ६०१ सभासद लाई गाली गर्न मन लागि रहेको छ।  तर गर्न सक्दिन, यदि गरे भने भोलि आएर मैले हिरो बनेर जेपाई ते बोल्यो भनेर जेल सजाय दिने हो कि? 
संबिधान यो शब्द मैले २०६३ साल देखि सुन्दै आइ राखेको छु, तर आज आएर मैले त्यसको अर्थ बुझे; संबिधान: जुन ६०१ ले बनाउने कसम खान्छ तर म्याद थपि-थपि जनता को पैसा खादै बस्छ। मलाई प्रश्न नि गर्नु छैन, संबिधान खै? भनेर! किन कि मलाई थाहा छ, संबिधान भन्ने शब्द त नेपाल मा हरैसक्यो भनेर! दु:ख को कुरा के हो भने, दुध खाने बच्चा स्कुल जाने भइसके, तर नेपाल को संबिधानको हालत जस्ता को त्यस्तै। परिवर्तन हर्ने नचाहाने ति ६०१ सभासद लाई मेरो सलाम। हामी ले हजुर हरु लाई त्यसै संबिधान बनाउन दिएका हैनौ, तपाई हरु बाट केहि अपेक्षा र आशा राखेका थियौ। तर भयो के! त्यहि 'बाबाजी का ठुल्लु' त हो।
हेर्नुस सभासद ज्यु, हामीले संबिधानसभा भवन भित्र नाटक गर्न को लागि चुनेका हैनौ, येदि नाटक गर्न को लागि नै थियो भने, हामी अबश्य कलाकार लाई चुन्थे। हुन त कसलाई नारा बाजी हेर्न मन छ। सबै नेपाली को एउतै चाहाना छ, नेपाल को संबिधान। प्राय: सबै नेपाली को आश नै गयो आज को दृश्य हेरेर। बुद्ध को देश, भनेर चिनिने देश आज आएर विश्व ले यस्तो तमासा हेर्दै छ।
म, हामी  र सबै नेपाली जनता बाट गल्ति भो, यो वर्ष नि भुल भो, हजुर हरु लै सभासद नियुक्ति गरेर। अबश्य, अर्को वर्ष मा चर्को घाम मा लाम लगाएर भोट दिने छैन र कृपया भोट नि माग्न नआउनु होला।
तपाई को शुभ चिन्तक।।। 

No comments:

Post a Comment