Thursday, January 29, 2015

मेरो अन्धो काहानी !!! - ११

अङ्क ११ 


 6th December

बिहान उठे, यसो घडी हेरे - ६ बजे भइ सकेको थियो। यसो साइड तिर हेरे, आँखा डायरी तिर हेर्दै थियो र सम्झिए अस्ति पढ्छु भनेको कुरो… बल्ल आज पढ्न पाउने भो। पढ्न के सुरु गरेको थिए. उहिले लेखेको शब्द र अक्षर ले गर्दा मा हास्न थाले। तर त्यहि शब्द बीच मा मेरो पिडा संग संगै मर्म नि थियो। मलाई थाहा थियो कि मैले त्यो मर्म हरु कहिले भुल्ने छैन भनेर। 

डायरी पढ्दा पढ्दै म एकै चोटी, मेरो जिन्दगी को मुख्य दिन हरु लेखि राखेको पेज मा पुगे।  त्यसमा Bold Writing मा December 9 लाई मार्क गरी रहेको थियो। December 9… सरङ्ग को जन्मदिन। हुन त मैले सरङ्ग को जन्म दिन नमनाएको  लग-भग ४-५ वर्ष हुन लागि सकेको थियो। तर मलाई यो वर्ष, उनको जन्म दिन नमनाए नि, उनलाई यो जन्म दिन को शुभ-कामना दिन चाहन्थे। December 9, जुन मेरो लागि काल रात्री जस्तो भइ सकेको थियो। सरङ्ग को याद ले मलाई मेरो मुटु को ढुक-ढुकी बद्न थाल्यो। सोच्दै बसे… उनलाई यो वर्ष कसरी जन्म दिन को शुभ-कामना देउ भनेर! निकै बेर सम्म सोचे पछि याद आयो, उनि Yenisyek मा छिन भनेर! हुन त मलाई उनि संग भेटेर Wish गर्न मन थिएन।     

यसो फेस-बुक खोलि हाले। त्यो नि धेरै दिन पछि, याद आयो Justina ले भनेको उनको फ्रेन-रिक्वेस्ट Accept गर भनेको। मेरो फेस-बुक प्रोफ्याल मा ९९ जना को फ्रेन-रिक्वेस्ट आइराखेको देखे, तर मैले उनि हरु को वास्ता नगरी Search बक्स मा JUSTINA टाईप गरि उनको मात्र accept गरे।  मैले सरङ्ग श्रेष्ठ खोजे तर भेटाइन। मैले मेरो प्रोफ्याल मा गएर उनको पुरानो मेसेज हरु खोजे तर उनको account deactivated थियो।
यसो सोचे उनले नि फेस-बुक चलाउन छाडे कि भनेर! अन-लाइन गए र गएको मिनेट भएको थिएन Justina ले फ्रेन-रिक्वेस्ट accept गरेको मा धन्यवाद भनिन्।

सपिङ्ग गर्दा उनले भनेको थिइन, " मेरो फ्रेन-रिक्वेस्ट accept गरयो कि मात्र फोटो पठाउछु।" र मैले भन्न के खोजेको थिए उनले पठाइ हालिन मेरो सिंगल फोटो। अरु खोइ भन्दा, यो राम्रो छ प्रोफ्याल पिकचर राख भन्यो। मैले धेरै समय सम्म फेस-बुक चलाएको थिइन, फेस-बुक प्रोफ्याल पिकचर परिवर्तन गर्नु त परै कै कुरो! Odd लाग्दै थियो परिवर्तन गर्न, साथी हरु ले केहि भन्ला कि भनेर डर लाग्यो! त्यसैले सिधै गर्दिन भंने।

खै! उनि रिसाइन जस्तो लाग्यो, म संग झगडा गर्न न्य्हू खोज्दै थिइन्। उनको जिद्दी पन ले गर्दा मैले राखिहाले र मेरो त्यो senti- खाल को फोटो देखेर म आफै हास्दै बसे। उनले मलाई फेरी धन्यवाद भनिन् र सबै फोटो पठाइन। Justina अफ-लाइन गईन र मैले फ्रेन-रिक्वेस्ट मा को-को लाई चिन्छु भनेर हेर्दै बसे… देखे सरङ्ग को नाम हुन त उनले नि मलाई उनको नयाँ account बाट रिक्वेस्ट पठाएकी रहेछिन। म एक पल को लागि त खुसि भए, खुसि को सिमाना नै थिएन। सरङ्ग लाई add गरि हाले।
सरङ्ग कहिले अन-लाइन आउछ भनेर पर्खिदै बसे। सरङ्गसंग धेरै प्रश्न सोध्नु थियो, त्यो लगतै धेरै कुरा नि गर्नु थियो। सोध्नु थियो, उनको हालखबर? उनि रसिया मा किन? नरेश संग बिहे भो?  यस्ता धेरै प्रश्न हरु साध्नु मन थियो।
तर दिन भरि फेस-बुक मा कुर्दा नि उनि अन-लाइन आइनन्। मेरो फोटो मा धेरै ले कमेन्ट गरेका रहेछन, प्राय: ले बेपत्ता भएको मान्छे त फेला परेछ भनेर लखेको रहेछ, र अरु साथी हरु ले फेस-बुक मा फेरी स्वागतम् भनेर लेखेका रहेछन।  यस्तै कमेन्ट हरु लाइक हाने तर रिप्लाई नदि logout गरेर सुत्न गए।

7th December

जहिले जस्तो बिहानी को किरण संगै म उठे। चाडो उठे! सरङ्ग को झल-झली याद आइ राखेको थियो। वास्ताबमा भन्नु पर्दा हिजो उनको फेस-बुक account देखेर नै मलाई उनको याद आउन थालेको हो। मेरो मन जति दुंगा जस्तो भए नि आज पग्ले को अनुभब गरे, त्यो नि सरङ्ग को याद ले गर्दा। कफी को मग लिएर मा कोठा मा बसेर फेस-बुक चलाउन थाले। खोले… मेसेज थिएन तर Notification धेरै थियो। यसो हेरे Justina ले हामी दुवै जना संगै बसेको फोटो tag गरेकी रहेछिन। तर अन्योल को कुरो त्यो फोटो मा सरङ्ग को कमेन्ट! झन्डै त्यो कमेन्ट ले मलाई अस्पतालको बेड मा पुराएको। सरङ्ग ले लेखेकी थिइन्, भाउजु त एक दमै राम्रो रहेछ! त्यो कमेन्ट पढ्दा मलाई मेरो मन नै खल्लो भो, जसलाई मा चाहन्थे त्यसले ले नै भाउजु भनेर कमेन्ट गरिन। दु:ख लाग्यो त्यो पढ्दा। मैले नि कमेन्ट रिप्लाई नदि, उनलाई सिधै मेसेग पठाए, कस्तो छ भनेर?

फेस-बुक ले गर्दा समय बितेको नै थाहा पाएन। बरु म चै पार्क तिर घुम्न गए.… घुम्दै गर्दा मेरो मोबाइल बज्न थाल्यो। त्यसमा notification आएको रहेछ, त्यो नि Event notification. त्यो पढ्दा त झन् के के गरौ भो। त्यो पढ्दा त कसैले मलाई सिधै गोलि हानेको जस्तो भो, मन मन मा आफैलाई गाली गर्दै बसे, कसरी भुल्न सक्छु??? हत्तो न पत्तो म सुपर मार्केट छिरी-हाले। गएर ठुलो Teddy किनी हाले।  मेरो कार को पछाडी सिट तिर राखेर उनलाई कल गरे। मेरो कल Justina ले रिसिभ नै गरिन, बरु उल्टै काटेर ल्याइन। बिचरा कति रिसाइन होला ?

हुन त म नि कस्तो, बिर्सी सकेको केटि(सरङ्ग) को कारण ले गर्दा मैले Justina को जन्म दिन नै भुले र मैले उनलाई जन्म दिन को शुभ कामना समेत भंनिन। ६-७ पटक कल पछि मात्र उठाइन र मैले उनलाई Wish नगरी उसको घर बाहिर आउ भने।

उनि बाहिर त आइन तर म एक छक्क परे, उनलाई देखेर। Justina Smith, मैले अस्ति दिएको सल लगाएर आएको देख्दा त अप्सरा जस्तै देखि रहेको थियो। (मैले पहिलो चोटी उनको नाम पुरा लिएको थिए, मन मनै )          
मैले उनलाई गाडी मा बस्न अनुरोध गरे र बस्न अघि मैले उनलाई जन्म दिन को wish गरे। उनि बसिन र उनि ले जब teddy  देखिन उनि एक दमै खुसि भईन।

उनलाई मैले long drive को लागि आग्रह गरे।

- सकिन महर्जन
(to be contd …) 




No comments:

Post a Comment