Saturday, December 20, 2014

मेरो अन्धो काहानी !!! - १०

अङ्क १० 

सपिंग त लागिन तर मेरो मुड त्यस्तै थियो, उदास, रुन्चे खाल को... Justina ले मलाई सपिंग मल जादा मलाई रुन्चे भनेर दिस्क्याउदै बसिन। ति कुरा ले गर्दा (Justina को कुरा) मैले सबै कुरा हरु भुल्न थाले, अघी बिहान भएको! म उनि संगै सपिंग मल छिरे र उनि संगै १ बाट अर्को पसल छिर्दै बसे। सपिंग गर्दा गर्दै मलाई वाक्क दिक्क परिन् , एउटा लुगा किन्न पनि कति वटा पसल छिरिन खै! याद नै भएन र अन्तिम मा आएर फेरी अगाडि गएको पसल मा गएर अघी हेरेको लुगा नै किनिन।

Justina लाई सोधे, यही लुगा किन्नु थियो भने किन ८-९ वटा अर्को पसल छिर्नु पर्ने? उनले सिधै जवाफ दिइन्, सरङ्ग लाई यो प्रश्न सोधेनौ भनेर? मैले उनको जवाफ सुनेर म एक छिन् मौन भए। 

म एकै चोटि अर्को दुनियाँ मा हराए,सरङ्ग लाई मैले सपिंग लग्दा सरङ्ग ले नि मलाई Justina ले जस्तै हैरान पारेकी थिइन। सपिंग गरेको २-३ घण्टा बितीसकेको थियो, हुन त Justina ले ३-४ थरि मात्र लुगा किनिन् र सपिंग सकाउने नाम लि राखेको थिएन। उनले मलाई एउटा कुना को Resturant मा लागिन्।
  
मैले केही नबोलेको कारण उनले आँफैले Order गरिन्।  त्यो समय मा म अर्को सोच मा थिए र उनले मेरो त्यो उदास पोज फोटो खिच्दै बसिन्। मलाई याद नै थिएन उनले मेरो फोटो खिचिन भनेर र जब Justina ले मेरो हात मा उनको हात राखिन् म तर्सी हाले! मेरो अनुहार रातो न पिरो भो र Justina ले अगाडि राखेको पानी दिदै भनिन् , "Are you alright" के तिमी ठीक छौ!! मैले पानी पिउदै, म ठीक छु भने! 

Justina ले मलाई उनको फोन दिइन र हेर भनेर भनि ।
खै! मैले त्यो फोटो देख्ना साथ छक्क परे, मेरो फोटो कसरी Justina सँग ? (आँफै लाई प्रश्न गरे) 
एक छिन्  फोटो लाई तोलाएर हेर्दा थाहा पाए कि यो फोटो त उनले भर्खर खिचेको रहेछ भनेर, म एक्लै हाँस्दै बसे, मेरो फोटो देखेरे। 

फोटो त एक दम सेन्ती खाल को आएको रहेछ। मैले Justina लाई यो फोटो पठाउ भनेर भने तर उनले मानिनन् र एउटा सर्त मा मात्र मलाई पठाउछु भनिन्। मैले सिधै हुन्छ भने, र उनको सर्त चै मैले justina को फ्रेन्ड - रिक्वेस्ट accept गर्नु पर्ने रहेछ। मैले भने म फेसबुक नै चलाउदिन भने तर उनले मेरो कुरा मा बिश्वास लागेन र उसको Accept गरे मात्र मलाई फोटो पठाउछु भन्यो।

Resturant बाट निस्केपछि मैले नि हल्का शापिंग गरे , र मेरो शापिंग सक्ना साथ्, घर तिर फर्किन लागेको बेला उनले सोधिन्, " Won't you buy me anything for this december" मैले लजाउदै भने , सुरु मा त तिमीले मलाई किनिदिनु पर्ने? उल्तो मैले Justina सँग मागे। 
उनि मुस्कुराउदै भनिन् त्यसो भए जाम , मैले भयो भनेर १०-२० चोटि भने होला तर उनि मनीनन्... अन्त्य मा मैले उनको कर ताल्न सकेन र फेरी शापिंग तिर लाग्यौ। उनले मलाई किन्न अघी मैले सुरु मा उनलाई किनीदिए। एउटा राम्रो प्याजी रङ को सल जुन Justina लाई मन परेको थियो। पहिलो पटक अरु कोइ केटी लाई किन्दै थिए त्यो सल्! 
अब पालो उनको थियो मेरो लागि केही किनेर दिन! सिधै एउटा हल मा छिरिन र मलाई एउटा राम्रो टि-सर्ट किनेर दिइन। खै मजाक मजाक मा उनले भनिन् , "Wish I was your Sarang" मलाई के बोलू  के बोलू भो, मैले केही भनिन।  म बिचरा चुप लागेर बसेको थिए, खै! एकै चोटि हामी बिच त केही कुरा कानी भएन। त्यही मौन लाई अन्त्य गर्न, Justina ले भनिन्, मेरो जन्म दिन मा के गिफ्ट दिन्छौ भनेर, म आश्चर्य मान्दै, तिम्रो जन्म दिन कहिले भनेर सोधे, उनको जवाफ्, सोच आँफै, मैले थाहा छैन भने। 
7th of December, उनले त्यही भनिन र थपिन्, I will be 25 
मैले भने, "Oh dear, then I need a party"

Justina ले मलाई उनको घर मा लागिन् , उनि एक्लै बस्दो  रहेछिन। मैले चुरोट तान्न उनि सँग Excuse लिए र उनि रिसाउदै भनिन् , मेरो रुम मा चुरोट तान्न मनाही छ! मैले भने त्यसो भए म बाहिर गएर तानेर आउ त? Justina झोकेर बोल्दै, यदि चुरोट टान्छौ भने म सँग कुरा नगर (I hate smoking people) मैले केही बोलिन र उनले फेरी मलाई भन्यो कि, टान्छौ भने तान, तर म सँग कहिले नबोले हुन्छ। त्यो कुरा सुनेर मैले चुरोट को बत्ता खल्ती मै राखे र अगाडि उनको सामान हरु मा चल्दै बसे। 
Justina ले सोध्यो मलाई, Teddy bear चै कहिले गिफ्ट दिन्छौ मैले सिधै भने, तिम्रो जन्म दिन मा! 
उनि हाँस्दै भनिन् , Thank you so much!
यस्तै हावा कुरा हरु हुँदै गर्‍यो र समय बितेको पत्तो नै भएन अस्ती सम्म एक शब्द नि नबोल्ने केटी सँग आज आएर क्या! मिल्ने साथी भइ-सकेका थियौ। जिन्दगी नि कस्तो अनौठो, अन्जान ब्यक्ती सँग कति छिटो आफ्नो मिल्ने बनाउन सक्ने। Justina सँग को त्यो २-३ दिन एक दमै रमाइलो भएको थियो, हिजो अस्ती सम्म मेरो सिनिएर थिइन्, तर आज आएर म उनकै लेबेल मा, हिजो को अन्जान ब्यक्ती आज को मिल्ने साथी! 

Justina ले मलाई डिनर को लागि प्रस्ताब गरिन्, म नि लाज नमन्दै हुन्छ भनिदिए । 

उनकै घर मा, उनि सँग candlelight dinner मेरो जीवन कै पहिलो चोटि, (हुन त नेपाल मा लोड-सेडिङ जहिले राती मैन्-बत्ती सँग डिनर हुन्थ्यो तर बैदेशिक जीवन मा कोइ केटी सँग पहिलो चोटि थियो।)

बिस्तारै हामी कुरा गर्दै आफ्नो डिनर खायौ र डिनर सकेपछी मैले घर जान खोज्दा यतै सुत भन्यो तर मैले भो भनेर उनि सँग बिदा मागे। म आफ्नो कार बाट घर तिर लागे, तर मलाई सरंग को भन्दा Justina को बदी याद आउँदै गर्‍यो। हुन त मलाई उनको जीवन को बारेम थाहा थिएन, उनि सँग धेरै कुरा सोध्नु थियो, उनको बारेमा... 

मलाई Justina को बारे मा जान्नु थियो ...

- सकिन महर्जन 
 (to be contd…)

#IMAWriter

Part 9: http://sakin7.blogspot.com/2014/11/unfinished.html


No comments:

Post a Comment