Tuesday, November 25, 2014

मेरो अन्धो काहानी !!! - ९

अङ्क ९ 


आ!ठा 
चुरोट ले पो पोलेको रहेछ। रिस् उठ्यो!! एक दम दुखी राखेको थियो, सहनै सकिएन। सरङ्ग ले चिमातेको भन्दा नि बेसरि दुखी राखेको थियो। यसो घडी हेरे राती को २ बजे भैसकेको रहेछ, सुत्न त मन थिएन तर भोली बिहान नै office जानु पर्ने हुनाले मलाई सुत्नु जरुरी जस्तो लाग्यो । नत्र भोली बोस् को अगाडि जडञा जस्तै देखिएला भनेर पिर लिन मन थिएन। यसो सुत्न अघी मलाई December 9 को याद आयो, त्यसैले म त्यही पुरानो डायेरी मैले अगाडि राखे सो भोली बिर्सेंनि अगाडि देखे पछी याद आएर पढ्ला कि भनेर।

Alarm बज्यो! 
साढे ६ बजे तिर उठे, चाडो भन्दा चाडो फ्रेस भएर म ओफिस् को लागि निस्किहाले। हुन त ओफिस् टाईम मै पुगिहाले, धन्न बोस् को गाली खानु परेन। बोस् ले आज चाडै बोलाउनु को कारण भन्नु भएको थिएन, त्यसैले म उनको क्यबिन तिर लागे र सोध्दा उनले भन्नु भो कि, यस कम्पनि को प्रोजेक्ट भेरीफिकेसन गर्न अमेरिका बाट Edward Maclysat आउँदै हुनु हुन्छ भन्नु भो! खै! अगाडि को नाम त याद भो तर पछाडि को के म्याक्ली भनेको थाहा नै पाईन । जे होस् उनि प्रोजेक्ट भेरीफिकेसन को हेड-इन चारज हुनु हुन्थ्यो। हुन त मेरो अङ्रेजी Russian हरु भन्दा राम्रो थियो त्यसैले प्रोजेक्ट भेरीफिकेसन को लागि मैले meeting मा बोल्नु पर्ने भो। हुन त मैले के के भन्नु पर्ने र देखाउनु पर्ने सब तयार भइ सकेको थियो त्यसैले मैले चिन्ता लिनु पर्ने बिषय थिएन। हुन त यदि यसमा राम्रो सफलता पायो भने यस कम्पनि ले अर्को ठुलो प्रोजेक्ट पाउने लक्ष्यण थियो।

ठीक ८ बज्यो र आउनु भो Edward अगाडि गए र हात मिलाएर उनलाई मीटिंग हल तिर लगे र शुभ कार्य मा किन ढिला भनेर मैले सबै को अनुमती मागेर स्टार्ट गरी हाले।  

साँढे १ घण्टा को मीटिंग पछी हामी मीटिंग हल बाट निस्कियौ। अफिस् बाट सानो पार्टी राखिएको थियो, स्पेशली Edward को लागि... मीटिंग मा प्रोजेक्ट भेरीफिकेसन मा त्यस्तो केही कमि कमजोरी आएन र सफ्लता पूर्वक सफल भो। हामी सबै जना पार्टी मा बेस्त हुन लाग्यौ र मैले नि २-३ Tranquila Shot हानी हाले। केही क्षण पछी मलाई बोस् ले बोलाउनु भो (हात मा रहेको ग्लास मा चम्चा ले हान्दै, Ladies and Gentlemen भन्नु भो ) र सबै को अगाडि मलाई कम्पनी को Senior Executive Manager भनेर घोषित गर्नु भो।  Edward को हात बाट मलाई प्रोमोसन लेटर दिन लगाउनु भो र मलाई बधाई दिदै उनि पार्टी बाट जानु भो...
यस्तो माहोल र क्षण ले गर्दा  सरङ्ग को सबै कुरा हरु भुली सकेको थिए। (खै, रक्सी पनि खतरा चिज रहेछ, आफु लाई सब भन्दा मन पर्ने नै भुलाउन सक्ने )... यती मात्र नभइ सरङ्ग लाई Yeniseysk मा देखेको भनेर नै भुली सकेको थिए। यही खुशी मा मैले नजिकै को Bar मा सानो पार्टी दिए, धुम धाम ले पुउदै गए,जती पुउदै गए... अगि भुली सकेको कुरा... सरङ्ग को याद दिलाउन थाल्यो... मलाई जता हेरे नि सरङ्ग लाई देखेको जस्तो अनुभब हुँदै गर्‍यो। मलाई लागेको थिएन जस्तो लाग्य थियो, हुन त को जद्या ले मलाई रक्सी ले लाग्यो भन्छ र ? 

खै, सरा-सर म एक्लै मेरो कार बाट जान के खोजेको थिए, मलाई Justina (मेरै कम्पनी को senior थिईन एक दिन अगाडि तर अहिले म उनकै level मा) ले रोक्दै I will drove you home भनेर मेरो घर सम्म पुराइ दिइन र मलाई मेरो कोठा सम्म पुराएर जान खोजिन्...  तर मैले कुन हालत मा भनेको होला Stay with me, I need a company भने, उनि म भएको ठाउँ मा बसिन र खै मेरो खाट मा भएको बूक पढ्न थालिन् (पछी थाहा पाए कि उनले मेरो डियेरी पढेको रहेछन भनेर)

म उठे,देखे उनलाई, उनि फ्रेस् भइ सकेकी रहेछिन् किताब पर्दै ...

खाट बाट निस्किदा टाउको नै खस्ने जस्तो गरी दुखी राखेको थियो। Justina ले मलाई देखिन र उनि म भएको ठाउँ मा आउँदै भनिन्... Take rest your not well मैले आफ्नो मुख खल्लो भएको पाए र मैले सोधे मेरो मुख किन खल्लो भएको भनेर, उनले हाँस्दै भनिन् हिजो मैले भोमित गरेको भनेर त्यसैले भएको होला भनिन्...

ल! मैले त भोमित पो गरेको रहेछु तर मलाई थाहा नै पाईन! मैले उनलाई Guilty फिल भएको जस्तै अनुहार राखेर माफि मागे, उनले thats not a big problem भनिन् (बिचरा Justina, company के मागेको थिए, मेरो रेख्-देख नै गर्नु पर्‍यो, त्यस्मा नि मेरो भोमित मेरो सिरानी मा भएको सब पुस्नु पर्‍यो)

अब के थाहा यस्तो हुन्छ भनेर, नत्र त मेरो कार लिएर घर जाउ नै भन्थे । Justina म भएको ठाउँ मा आईन र कफी को मग मलाई दिइन ।

कफी को मग दिए पछी उनले सोध्न थलिन्, कफी प्युन लाग्दा मलाई सरङ्ग को याद आउछ कि आउँदैन भनेर सोधिन ? मैले मेरो मुख बिग्रेको जस्तो राखेर, सोधे तिमी ले कसरी थाहा भो सरङ्ग लाई? अङ्रेजी मा भनिन् , I read your Diary मैले हाँस्दै भन्ने, then I think you have read all part and you know all thing. Justina ले भनिन् Yeah, but your grammar is too weak भनिन्... हामी दुबै जना हास्यौ। तर त्यो हाँसो मा मेरो दु:ख लुकीरहेको थियो। Justina ले प्रश्न गरिन् Where is Sarang भनेर। मैले भने, सरङ्ग जता-ततै छ, जता हेरे उतै दुख्छु। कहिले कही तिमीलाई लाई नै सरङ्ग देख्छु, तर दु:ख को कुरा उनि यही शहर मै छ भन्ने । oh! thats the great news you must be happy...have you met with her, Justina ले भनिन् तर मैले टाउको हलाउदै छैन भने।

त्यही समय मा फोन बज्यो, बिहान ८ बजे भैसकेको थियो, Justina को नजिक मोबाईल थियो, त्यसैले मलाई उनले मोबाईल दिइन र boss को फोन भनेर भनिन् (मन मन मा सोच्दै, काम पाएन कि क्या हो, बिहानै फोन गर्न लाई) मैले फोन उठाए, र उनले भन्नु भो हिजो को रक्सी अहिले सम्म गएको छैन कि भनेर सोध्नु भो, मैले हाँस्दै भने, छैन। बोस् ले नि हाँस्दै, भन्नु भो कि, प्रोजेक्ट भेरीफिकेसन को हेड-इन चारज Edward ले उसको घर मा आउने शुक्रबार पार्टी राखेको छ भन्नु भो र हाम्रो कम्पनि को सबै स्टाफ लाई निम्तो दिएको रहेछ। मैले किन भनेर सोधिन मन लागेन, किन कि मलाई कुरा लम्ब्याउन मन थिएन र मैले आउछु भनेर फोन राखी दिए।

फोन राख्ने बितिकै justina ले सोध्यो, बोस् ले किन कल गरेको भनेर। यही शुक्रबार Edward ले आफ्नो घर मा पार्टी मा बोलाएको छ भने। Justina ले भनिन् wow, it will be fun... तर मलाई हेरेर भनिन् तिमी लाई पार्टी मा आउन मन छैन हो? मैले, सिधै आउन मन छैन भने र Justina ले त्यसो भए म नि जादिन भनि... मैले नि रिस् को झोक मा then ok भने। फेरी फोन आइहाल्यो, तर यो चै घर बाट थियो। आमा ले गर्नु भएको रहेछ, र हेल्लो भन्न साथ मलाई कस्तो छ बाबु, कहिले फर्किन्छस्? मैले चाडै नै आउछु भने र बुवा लाई फोन दिन आग्रह गरे! आमा ले भनिन तिम्रो बुवा, बाहिर जानु भएको छ एकै छिन्  मा आउनुहुन्छ। (हुन त मलाई थाहा थियो, बुवा त्यतै हुनु हुन्छ भनेर) बुवा को त रिस्, जती रिस् भए नि छोरो को याद मा रुदै होला। हो! मेरो आमा को रुन् चे स्वोर बाट थाहा पाई सके कि बुवा त्यही कुना मा बसेर आसु झर्दै हुनुहुन्छ। हुन त मोबाईल loud speaker mode मा राखेको थियो, त्यसैले मैले भन्नु परेन। मैले आमा ले भने, मेरो प्रोमोसन भयो भनेर, अब चाडै  बिदा लिएर आउछु भने। आमा ले अब फोन राख्छु भन्नु भो, मैले हुन्छ भने । ३० मिनेट त कति चाँडो बितेको, मैले फोन राखी सके पछी आँफैलाई समाल्न सकिएन। धेरै कुरा भन्नु थियो, धेरै कुरा सोध्नु थियो र मेरो प्रिय बुवा सँग माफि नि मग्नु थियो। Justina ले मेरो कुरा बुझेको थियो, र मलाई हसाउन धेरै कोशीस् गर्‍यो, तर मेरो हासो हराइ सकेको थियो।

केही क्षण  पछी मलाई फ्रेश हुन आग्रह गरिन र मलाई आज shopping गर्न लै जान्छु भन्यो।

- सकिन महर्जन
(to be contd...)

No comments:

Post a Comment