Thursday, November 20, 2014

मेरो अन्धो काहानी !!! - ८

अङ्क ८ 


खै! कता लग्ने प्लान थियो, घर बाट हिंड्ना साथ मलाई सरङ्ग को ह्यान्द्-ब्याग समात्न लगाईन। लाज लागि राखेको थियो,पहिलो चोटि कोइ केटी सँग बाहिर घुम्न जान लागेको र त्यसमा थप उनको ह्यान्द्-ब्याग समातेर हिंड्नु! लगनखेल बस-पार्क पुग्यौ तर उनले अर्को पत्ती रत्नपार्क जाने गाडी भएको ठाउँ तिर लागिन र उटा पति गए पछी उनि र म गाडी मा बस्यौ र हाम्रो गन्तब्य तिर लाग्यौ। (हुन त मलाई थाहा थिएन कता जान लागेको भनेर!)
मलाई त सपना जस्तो पो लाग्न थाल्यो, पहिलो चोटि सरङ्ग सँग कतै जान लागेको कारण, आँफै लाई बिश्वास दिलाँउना मैले आँफै लाई चिमात्ते। हामी गाडीमा राम्ररी केही बोलेनौ, हुन त ३-४ पटक एक अर्का लाई हेरेर हाँस्दै बस्यौ। तर एउटा कुरा, हामी दुबै जना गीत सुन्दै थियौ। आज उनि सँग आएको कारण होला, मलाई आज सबै दृश्य राम्रो लाग्न थाल्यो। 

रत्नपार्क बस-स्टप मा ओर्लियौ र म उनको पछी-पछी हिंड्न थाले। Exibition Road को बाटो बाट हिंड्न साथ मैले थाहा पाए कि हामी Fun Park मा जादै छौ भनेर। Fun Park पुग्यौ; टिकट लिन उनि आँफै गईन (कार्ड को छुट थियो) र मेरो कार्ड उनि संगै थियो। उनले पैसा तिरदा मलाई अफ्ट्यारो लाग्यो र मैले कर गर्दा नि उनि आँफै ले पैसा तिरिन।

Fun Park भित्र छिरयौ, Fun Park मा मेरो पहिलो चोटि थियो, त्यो नि कोइ केटी सँग ( पहिलो चोटि मेरो crush सँग) मलाई सोध्न मन थियो, उनि कहिले कोइ केटा सँग आएको छन् कि भनेर, तर मलाई आज उनको दिन खराब बनाउन मन थिएन। उनि सँग घुम्न आउँदा मलाई साह्रै खुशी लागि राखेको थियो। हामी एक ठाउँ मा बस्यौ र अनेकौ भिन्न-भिन्न कुरा गर्दै हाँस्दै बस्यौ। यस्तै हाँसो हाँसो मा मलाई उनले धेरै  कुटिन अनि चिमतीन पनि! (सार्है दुख्थ्यो, उनि भएर मात्र केही गरिन यदि कोइ केटा साथी भएको भए मैले कुटी सकेको थिए होला।)

सरङ्ग ले Columbuss देखाउदै खेल्ने भनेर सोध्यो, मैले नाइ डर लाग्छ भने। तर उनले कर गर्दै बसिन्, र उनको कर मैले तार्न सकिएन। हुन्छ भने र सरङ्ग ले टिकट लिएर आइहालिन। (डर खतरा ले लागि राखेको थियो, र मलाई उचाइ देखि एक दम डर लाग्थ्यो) अन्त्य मा चढि हाले, Columbuss मा, लास्त सिट मा बस्न गइन र म नि उनको पछी पछी उनि संगै बस्न गए । (हुन त उनको यो पहिलो चोटि थिएन उनि दिनेश संगै पहिले बसी सकेको थिइन्, जुन मैले पछी थाहा पाए) 
सुरु भो Columbuss के गरौ के गरौ भो र सरङ्ग ले मेरो हात समात्दै केही हुँदैन भन्यो र मलाई उठेर चिच्याउ भन्यो झन झन माथि गयो, मैले Free Fall महसुस् गरे, एकै चोटि खसेको जस्तो... त्यो समय मा मेरो मुख रातो न पिरो भैसकेको थियो, सरङ्ग मेरो मुख हेर्दै धेरै हाँसिन र उनले नडराउ केही हुँदैन भन्दै गर्यो  र सक्नै लाग्यो भन्दै थिइन। डर ले पसिना पसिना भइसकेको थिए, तर उनको एउटै शब्द Enjoy It भनेर भन्दै गरिन... (आँफै लाई भन्दै, बेकार मा बसेको भन्दै बसे, र यो नै मेरो ठुलो गल्ती रहेछ जस्तो लाग्यो । ) 
Finally मैले रिलिफ पाए र मेरो रातो न पिरो अनुहार सरङ्ग ले फोटो खिच्न थाल्यो  र Columbuss बाट ओर्ले पछि मलाई दिस्क्यौदै  बसिन् ... त्यो दिन देखि मैले Columbuss मा नबस्ने कसम खाएर आए | 

सरङ्ग ले मलाई एक सुक्को नि पैसा खर्च गर्न दिएन, मैले धेरै चोटि पैसा तिर्न कोसिस् गरे तर उनि मानिनन्...मलाई रिस् उठेर मैले उनलाई प्रश्न गरे, पैसा धेरै छ हो ? भनेर। उनले भनिन् , त्यस्तै त्यस्तै... 

फेरी सोधे, आज केही स्पेसल छ कि, कि आज तिम्रो birth day? सरङ्ग ले मुस्कान दिदै, खोइ भन्यो ?  (हुन त कसलाई आज मेरो जन्म दिन तिमीलाई treat है भनेर भन्छ!) त्यो मुस्कान बाट मैले थाहा पाए कि आज उनको जन्म दिन थियो भनेर। 

३ बज्न लाग्या थियो हामी लगनखेल जाने बस मा बस्यौ। म नि क्या! मुर्ख उनको जन्म दिन हो भनेर थाहा पाउदा पाउदै मैले उनलाई Happy Birthday समेत  भनिन। बस मा उनले त्यही Columbuss को कुरा निकालेर हाँस्दै बसिन्... र मलाई उनले खिचेको फोटो हरु देखाउदै हाँस्दै बसिन। हुन त आज उनि सँग को दिन एक दम रमाइलो भो। लाग्थ्यो कि आज को दिन नसकेको भए क्या राम्रो हुन्थ्यो।

लगन खेल बाट ओर्लेर हामी मंगल बजार तिर लम्कियौ र त्यही आज को कुरा हरु बोल्दै गरिन सरङ्ग ले... त्यहाँ पुग्ना साथ मैले कफि किनेर ल्याए (हुन त मलाई अझै पनि कफि प्युन मन लाग्दैन थियो) सरङ्ग छक्क परिन मैले २ वटा कफि ल्याएको कारण! 
उनले भनिन तिमी लाई मन पर्दैन हैन र ? 
मैले मन पर्‍यो आज देखि भने! त्यसमै थपे, Anything for Birthday Girl 
कफि सके पछी उनि बोलेको बोलै भो... मलाई एक शब्द नि बोल्न दिएन।
 
घर फर्किने समय भइसकेको थियो, जाने बेला Happy Birthday Dear भने, उनले thank you भनेर Happy Birthday त भन्यौ Gift खै त थपिन... Gift त घर मा पुग्छ धन्दा नमान भने। (उनको मुहार मा मुस्कान थियो जब मैले यो कुरा भने) 
हामी छुटीयौ र म घर नगई सिधै Gift Shop मा गएर सरङ्ग लाई Teddy Bear किने! (उनलाई Teddy Bear एक दमै मन पर्थ्यो)

Teddy Bear हात मा बोकेर म सरङ्ग को घर तिर लागे... सरङ्गको घर पुग्नै लाग्दा मैले सरङ्गलाई कल गरे। उनले उठाइन र भनिन हेल्लो!!  
मैले सिधै तिमी कता?, भनेर सोधे 
उनले घर मा भनिन्... 
मैले उनलाई बहिर आउन भने र फोन राखी दिए। 
फोन राख्ने बिटिकै उनि म भएको ठाउँ मा पुगिन र किन बोलएको भनेर सोधिन। मैले उत्तर दिइन र सिधै, Teddy Bear उनको हात मा समात्न लगाए र  Happy Birthday भने। Thank you भन्दै मलाई माथि आउन आग्रह गरिन तर म गईन्, जती कर गर्दा नि म माथि उसको घर मा गइन... र म जान्छु भनेर म सिधै घर मा गए।

म घर मा पुगे र आमा ले कस्तो भो भनेर सोध्नु भो, मैले रमाइलो भो भनेर भने र म आफ्नो कोठा मा सुत्न गए। सुत्न अघि मैले सिरानी तल राखेको डायेरी निकालेर आज भएको सबै कुरा हरु टिप्न थाले र उनको जन्म मिति December 9 भनेर लेखे!!!

आ: ठा चुरोट ले पो पोल्यो !!! म आफै लै आफ्नो रुम मा पो पाए। मैले त पहिला का कुरा हरु सोची पो राखेको रहेछु!!!

- सकिन महर्जन  
( to be contd...)

No comments:

Post a Comment