Thursday, November 20, 2014

मेरो अन्धो काहानी !!! - ७

अङ्क ७ 


In a Relatioship

देख्ना साथ मन नै सिरिङ्ग भो, कतै म भिड बाट खसेको जस्तो । सरङ्गको फेस्-बुक मा स्क्रोल गर्दा मैले भेटाए उनको र एक जना केटा को फोटो (संगै बसेर मुस्कान दिदै), धेरै समय भएको थिएन, ६ महिना अगाडि को पोस्ट, त्यसमा उनले Caption दिएका थिइन्, love you till my last breath भनेर। यो पढ्दा मन नै खल्लो भो, के गरौ के गरौ जस्तो भो। केटा म भन्दा राम्रै थियो तर मलाई एक दम दु:ख लाग्यो मेरो प्रेम कथा सुरुवात नै नभइ सकिने भो भनेर। हुन त यस्तो अवस्था मा मर्नु बेस् थानथ्यो होला तर मलाई मर्नु भन्दा उसको बारेमा थाहा पाउन मन लाग्यो।  

दिनेश महर्जन्, खै मैले उसको नाम कति चोटि लिए होला? दिनेश मेरो जिन्दगी को भिलेन थियो, भिलेन कसलाई मन पर्थ्यो र? (फिल्म को हेरोयिन लाई बाहेक!) हुन त, क्लास् मा साथी कृइश ले भनेको कुरा याद आयो,  खाली पोस्ट मा गोल त नामर्द ले पो हान्छ, मर्द हो भन्ने गोलकि भएको पोस्ट मा हान् ! अहिले आएर त्यो कुरा मैले seriously लिन थाले । दिनेश महर्जन को फेस्-बुक प्रोफाइल हेरे हेर्दा धनी बाउ को छोरा जस्तो लग्थ्यो, उमेर को कुरा गर्ने हो भने म भन्दा धेरै बदी जस्तो तर यसो ज्यान हेर्दा सब केटी उसलाई नै मन पराउने खाल को थियो । Mutual Friend मा हेरे, मेरो साथी नरेश थियो, यसो को-को च्याट मा छ भनेर हेर्दा नरेश नि थियो, मैले direct दिनेश को  फेस्-बुक लिन्क पठाएँर उसलाई चिनछस् भनेर सोधे । उसले अह्! चिन्छु भन्यो। उसले तैले नि चिनछस् भनेर सोध्दा चिन्दिन भन्ने । त्यस् पछी त्यस्को बारे मा सोध्न थाले । सोध पुछ गर्दा दिनेश त सरङ्ग श्रेष्ठ को Ex पो रहेछ... अहिले सरङ्ग को कोही छैन रहेछ भनेर नि थाहा पायो, हुन त सरङ्ग र दिनेश ९ क्लास् देखि प्रेम गर्थ्यो, तर खै १ महिना अगाडि मात्र ब्रेक्अप भएको थियो, मैले ब्रेक अप भएको कारण सोध्दा उसले थाहा छैन भन्यो । मैले उसलाई thanks भनेर म logout गरेर खाजा खान गए । 

खाजा खाइ सकेपछी म फेरी आफ्नो कोठा मा आइहाले, पुग्ने  साथ म आफ्नो ओछ्यान म पल्टि हाले। सुती सुती मोबाईल चलाऊने बानी... देखि हाले सरङ्ग को मिस्-कल हुन त ६ वटा मिस्-कल आइ राखेको थियो।आज मात्र मोबाईल नम्बर दिएको, यसो disturb गर्न त गरेको हैन जस्तो लाग्यो। तर देखे उनको मेसेज, लेखेको थियो, Call me after you recieve my message.Sarang. मैले हतार- हतार मा उनलाई कल गरी हाले, मन मा अनेकौ कुरा आउँदै थियो । सरङ्गले कल उठाईन र किन कल नउठाएको भनेर सोधी हालिन ? मैले भने, खाना खान गएको थिए, मोबाईल रूम मै छाडेर गएको... किन कल गरेको भनेर सोधी हाले ? उनले त्यसै भनिन् |तर मलाई बिश्वास लागेको थिएन, र फेरी सोधे, साँच्चै  किन कल गरेको ? त्यसै हो भनेर कुरा सकाइन र मलाई अन्-लाइन आउन भनिन् मैले हुन्छ भनेर फोन राखी हाले । फोन राख्ना साथ मैले मेरो मोबाईल को ब्यालेन्स् हेरी हाले। हुन त म कन्चुस् थिइन तर पहिलो चोटि केटी सँग कुरा गर्दा कति पैसा कति गयो भनेर हेर्न मन थियो। फेस्-बुक मा अन-लाइन आइहाले, अन लाइन नजानु नि कसरी! सरङ्ग ले नै बोलाँउदा जानु त परिहाल्यो। अन-लाइन गएको के थिए इन-बक्स मा सरङ्ग को मेसेज आइसकेको थियो।खुसि लाग्दै थियो सरङ्ग को मेसेज पढ्दा, लेखेको थियो,  

"If you find ur world as sky n frens as stars, n if u don't find me among them, i may have jus fallen 2 make ur wish come true."

के रिप्लाइ देउ जस्तो भो, नयाँ त्याब् खोले गुगल मा सर्च् गर्दै बसे,राम्रो खालि एउटै भेटाइन। बरु direct के गर्दै भनेर मेसेज पठाए । त्यसै भन्दै कुरा फेस्-बुक मा लम्बिदै गयो। उनले मलाई मंगल बजार आउन भनिन्,मैले केही नसोची हुन्छ भनि हाले। 

केही समय पछी हामी दुबै जना भेटयौ, र हामी एक दिन मै सार्है मिल्ने साथी बनी सकेका थियौ।  धेरै बेर सम्म कुरा गर्यौ, तर मेरो मन मा एउटा कुरा आउँदै थियो, दिनेश सँग ब्रेक्-अप हुनु को कारण ? उनि रिसाउछ कि भनेर मैले सोध्न सकिन। तर धेरै गफ पछी उनले कुरा निकालीन्, म कस्तो छु भनेर। यो प्रश्न ले मेरो सातो उदायो। एकै चोटि यस्तो प्रश्न ... मैले हाँसी हाँसी भने, नसोध मलाई तिमी कस्तो छौ भनेर, हुन त जब म तिम्रो मुहार हेर्छु, तब म १०० चोटि तिम्रै अगाडि तिम्रै हेराइ ले मरेको हुन्छु, तिमी जस्तो छौ त्यस्तै राम्रो छौ,  छोट करिमा तिमी असाधैं राम्री छौ, your beautiful भने... 

सरङ्ग ले मुस्कान दिदै, गफाडी कति गफ हान्न सक्या भन्यो। तर मैले सचिकै भनेको भनेर उनलाई के थाहा! मैले एकै चोटि प्रश्न सोधे, Are you single? भनेर, सरङ्गको जवाफ थियो, अह्!!! सिङ्गल नै छु, टाक्ने बिचार छ कि के हो भनेर सोधिन। मैले नि त्यस्तै हो भने। मैले दिनेश सँग कसरी ब्रेक्-अफ भो भनेर नि प्रश्न निकाले । उनले भनिन् कुरा मिलेन त्यसैले । (हुन त उनले प्रश्न गरिनन दिनेश लाई कसरी चिनयौ भनेर) हामी त्यता बाट हिद्यौ, उनले भन्दै गरिन मलाई थाहा छ तिमीले मेरो फेस्-बुक चेक गरेको भनेर, अनि कल नउठाएको कारण नि । यती भन्दै उनि चुप लागिन् र हामी दुबै जना केही नबोली आफ्नो गन्तब्य तिर लाग्यौ र आफ्नो घर तिर गयौ । मैले घर पुग्ना साथ खाना खाएर सुत्न गए। जहिले जस्तो फेस्-बुक खोलिन। सुत्न कोसिस् गरे तर सुत्न सकिन। सुत्न खोज्दा उनि मेरो आँखा अगाडि झल झली आइ राख्थिन। मैले निकै बेर सोचे के सरङ्ग सँग माया को गाँठो लगाउन सकिएला कि भनेर ? नरेश सँग किन ब्रेक्-अप दिएको, र सरङ्ग ले दिनेश लाई अहिले सम्म मन पराँउछ कि मन पराउदैन भनेर ? यस्ता प्रश्न हरु Slide-show जस्तै आइ राख्यो।  आँखा बाट आँसु झर्न थाल्यो, खै किन खसेको होला, डर लागेर हो कि जस्तो लाग्यो।

झत उठे सिरानी तल मैले मेरो Diary निकाले, हुन त मेरो बानी थिएन डायरी मा लेख्ने तर मैले डायरी मा आज भएको सबै कुरा लेखे र उनलाई चाहन्छु भनेर नि लेखे र त्यही सिरानी तल राखे। बल्ल मन हल्का भो, र कहिले सुते थाहा नै पाउन सकिन। जहिले जस्तो त्यही समय मा कलेज जान्थे तर एक्लै नभएर सरङ्ग संगै जान्थे 
आउँदा नि संगै आउथ्यौ। तर हामी कहिले राम्ररी बोलेनौ क्लास् मा बोल्थ्यौ त्यही संगै आउँदा, जाँदा र कहिले काँही मंगल-बजार मा बस्दा। हाम्रो मित्रता एक दमै राम्रो थियो। कलेज को Exam पछी को बिदा थियो उनले घुम्न जाने प्रस्ताब निकाल्यो, सुरु मा त्यसै भनेको जस्तो लाग्यो तर उनले सचिकै भनेको रहेछिन मैले कहाँ जाने भनेर सोधे, सरङ्ग ले भोली थाहा पाउछ भन्दै उनि गईन।

त्यो रात नि मैले राम्ररी सुत्न सकिन । अर्को दिन चाडै उठे र घर मा आज साथी हरु सँग घुम्न जान्छु भने र यसो ५०० जती बुवा सँग लिए। १० बज्न लाग्या थियो, म नि खाना खाएर घुम्न जान तयार हुँदै थिए, कसैले सकिन भन्दै तल बाट चिच्याउदै थियो, यसो हेरे सरङ्ग पो रहेछिन। झ्याल बाट हेर्दा मेरो बुवा officeजान लाग्नु भएको थ थियो, र सरङ्ग ले नेवारी मा बोल्दै, Uncle स किन गो!!! भनेर प्रश्न सोधिन ? 
(सरङ्ग ले मेरो घर चिन्नु को कारण मैले पहिला देखाइ सकेको थिए र मेरो बुवा को फोटो देखि सकेको  कारण ले नै चिनेको होला ।) 

मेरो बुवा ले भन्नु भो, तले दु मै!!! तले हु भनेर भन्नु भो... 
यती भन्दै मेरो बुवा जानु भो र मैले त्यस् पछी मात्रै झ्याल बाट हेरेर सरङ्ग लाई पख भनेर सन्केत गरे । म १ मिनेट मा सरङ्ग का पुगे र सरङ्ग ले कुत्दै, मेरो ससुर बुवा त क्या खत्रा पो रहेछ भन्यो, खै कुन चै मूड मा ससुर बुवा भन्या हो थाहा पाएन (यो कुरा मेरो आमा ले सुनेको रहेछ पछी घर आउँदा थाहा पाए ।) मैले के भनेको भनेर भने, हाँस्दै त्यसै पो भनेको भनिन् ... 

- सकिन महर्जन 
(to be contd...)

No comments:

Post a Comment