Friday, November 14, 2014

मेरो अन्धो काहानी !!! - ६

अङ्क ६ 


हुन त अन्त्य मा मैले उनको फ्रेन्- रेक्वेष्ट Accept गरिहाले । गर्ने बितिकै सरङ्ग श्रेष्ठ मेरो फेस् बुक account मा अन्-लाईन देखाइ हालिन । मलाई त कुरा गर्न मन लागेको थियो तर गर्न सकिन। केही समय पश्चात् मेसेज आइहाल्यो, कस्को मेसेज भन थानेको त सरङ्ग को पो रहेछ । सरङ्ग ले hi भनेर पठाईन्, मलाई त के भनौ के रिप्लाई देउ जस्तो भो । मन मन मा सोच्दै, केटी ले नि chat सुरुवात गर्छ र! भनेर सोच्दै बसे... 

मैले hello भनेर पठाएँ । उनि offlyn गइसकेको थिइन्, तर (केही समय पछी ) यसो Logout गर्न खोज्दा उनले रिप्लाई दिइन कि क्लास् मा जहिले को केटी लाई हेर्दै बस्छौ भनेर सोधिन ? 

मैले सोच्दै नसोची तिमी लाई हेर्दै बस्छु भने । हाहा! भनेर रिप्लाई गरिन र सरङ्ग ले कुरा अर्को तर्फ लग्न खोज्यो । 

सरङ्ग: के गर्दै! 
म: (मजाक गर्दै) तिम्रो फोटो हेर्दै भनिदिए! 
सरङ्ग: हाहा! हो र ? 
म: हो नि त ? 
तिमी ? 
सरङ्ग: त्यसै!!!  
यसरी नै हामी बिच पहिलो चोटि अनेकौ कुरा गर्दै राती १२ बजे भएको पत्तो नै भएन । म आज कलेज जान अलि ढिलो उठे, हिजो ढिला सम्म उनि सँग च्याट गरेर । 

बस पार्क पुग्दा ६:१५ बजी सकेको थियो । यसो यता उता हेर्दा मैले उनिलाई देखिन्, सरङ्ग लाई देख्न साथ मलाई एक दम खुशी लाग्यो । तर दु:ख को कुरा चै के पर्‍यो भने म गाडी मा बसीसकेको थिए । उनले मलाई देख्यो सुल्तो हात हलाउदै मलाई Hi भनिन् , मैले नि hi भने हात हलाएर तर मलाई अलि odd लाग्यो । 

सरङ्ग म भएको गाडी मा चढेन हुन त मैले आउ भन्दै थिए, तर उनले अर्को मा आउछु भन्दै bye गरिन्, मैले नि आफ्नो मुहार मा मुस्कान राख्दै हात हलाउदै bye भने । म क्लास् मा पुगेको ३ मिनेट पछी उनि क्लास् मा आइ पुगिन र मलाई हेरेर मुस्कान दिइन र सरङ्ग आफ्नो सिट मा बसिन । 
कलेज आउनु अगि मैले घर मा राशी हेरेर आएको थिए, लेखेको थियो आधुरो काम बन्ने छ भनेर!  घरको  कुरा सोच्दै... आज त कुरा मिल्ने भो जस्तो लाग्यो । समय बित्दौ गयो तर मैले उनि सँग बोले न त उनले म सँग बोल्यो । अन्त्य मा आज को क्लास् सकिहाल्यो । हिजो जस्तै म गाडी को प्रतिक्षा गर्दौ थिए, गाडी आयो म त्यसमा 

तेस्रो सिट मा बसे, हुन त पछाडि सिट नि खाली थियो तर म बसिन । अलि अगाडि पुग्दा उनि नि चढिन्, सरङ्ग म बसेको सिट मै बसिन । कुरा भएन, खलासी ले पैसा माग्दा मैले हिजो जस्तै २० रुपैया को नोट दिए र आज खै खलासी ले प्रश्न गर्‍यो, २ जना को हो भनेर ? मैले हो भने, र उनले म आँफै तिर्छु भन्दै थिइन । आज हामी 

सँगै ओर्लियौ, र सरङ्ग ले सोधीन घर मा काम त छैन नि ? 
मैले सोच्दै, छैन भने । 
हुन त भोली शनिबार थियो, नोट बनाउनु पर्ने र होम वोर्क गर्नु पर्ने टेन्सन थिएन । हामी मंगल बजार तिर लाग्यौ, हाँस्दै, एक अर्का लाई दिस्काउदै। 

तर उनको एउटा बानी साह्रै नराम्रो, केही भन्यो कि चिम्माती हाल्ने बिचरा म... लगनखेल देखि मंगल बजार सम्म जादाँ धेरै चिम्माती। हुन त अब बानी बसाल्नु पर्ने जस्तो भइसक्यो। मंगल बजार मा बस्यौ तर त्यो हाम्रो पहिलो date चै थिएन । उनले उता पसल मा गएर, Coffee किनेर ल्याइन त्यो नि मलाई नसोधी । मलाई कफि मन पर्दैन थियो, तर सरङ्ग ले ल्याए पछी नखाइ कसरी बस्नु । कफी को पहिलो सिप लिए, एक दम कडा थियो, मुख नै बिग्र्यो तर केही नभएको जस्तो गरे । तर सरङ्ग लाई थाहा पाई हाल्यो, र मुसु मुसु हाँस्दै, फर्स्ट टाईम हो भनेर सोधिन । मैले मुख बिगारेर हो भने । केही छैन, भनिन्... अनि उनले मेरो हात बाट मेरो कफी लिइन र मेरो झुथो नै प्युन थालिन । म त हेरेको हेरै भए । फेरी चिमत्दै, (दुख्ने गरी, आँखा बाट आँसु नै झर्यो) के भयो भनेर सोधिन ? 
मैले, जानने भएर अङ्रेजी मा बोले र सोधे, 'Don't you feel odd, to drink (जुठो लाई ईंग्लिश मा भन्न आउँदैन थियो) जुठो of mine? भनि दिए । 
सरङ्ग को हात एक दम खत्रा ले चल्थ्यो, मेरो धाद मा बेस्ररि हान्दै, उफ्फो कसलाई  के को धन्दा कसलाई के को सकिन लाई ईंग्लिश बोल्नै धन्दा । 
(दुबै जना हास्यौ मज्जाले )

सायद हामी दुबै जना मंगल बजार २ घण्टा जती बसे होला, त्यो २ घण्टा कति चाँडो गएको थाहा पाउनै सकिन। तर हामी दुबै जना धेरै बोलयौ, सायद मैले भन्दा उनले धेरै बोलिन होला, हामी दुबै जना एक दम मिल्ने  भइसकेका थियौ । तर मेरो मन मा उनलाई साथी भन्दा धेरै थियो, उनलाई जहिले आफ्नो बनाउन चाहन्थे । हुन त उसको र मेरो घर त्यती टाढा थिएन, मेरो घर बाट ५ मिनेट जती हिंडेर गए पुग्थ्यो । हामी दुबै जना को मोबाईल नम्बर सता-सात भो, माग्नु त मैले नै मागेको थिए, तर एक दम लाज लागेको थियो, तर उनले मलाई उनको नम्बर दिइन । त्यो समय म एक दम मक्ख परेको थिए, त्यो मेरो मुहार मा देखिन्थ्यो। म घर गए,ल्याप ट्प निकाले र उनको फोटो हेर्दै बसे, त्यही समय मा मैले उनको फेस् बुक को प्रोफाइल चेक गरे र देखे...

In a Relationship 

- सकिन महर्जन 
(to be continued)

No comments:

Post a Comment