Wednesday, November 12, 2014

मेरो अन्धो काहानी !!! - ५

अङ्क ५ 


बूक मार्क गरेको लगतै मैले सरङ्ग को पहिला उनले राखेको फोटो हरु हेरे । हुन त Privacy को कारण मैले २-३ वटा फोटो मात्र हेरे । फोटो राम्रो थियो, हुन त मान्छे नै राम्रो भए पछी फोटो कसरी राम्रो नहुनु । 
हसिलो, तर सरङ्ग को त्यो हसिलो मुहार मा दिम्पल अत्ती मन पर्‍यो । त्यो दिम्पल मा मलाई कबिता नै लेख्न मन लागेको थियो तर लेखिन । सबै फोटो हरु डाउनलोड गरे र छिन मै ल्यापटप को Wallpaper परिवर्तन गरे, त्यो नि उनकै फोटो । पछाडि बाट आमा ले बोलाउनु भो, हत्त न पत्तो ल्यापटप TurnOff नगरि झ्याप बन्दा गरे।

कलेज गएको २ हप्ता भइसकेको थियो, तर उनि जहिले घण्ती बज्न ५ -६ मिनेट अगाडि आउथ्यो, मलाई सन्का लागि राखेको थियो, पक्कै पनि उनि कलेज बस बाट नभइ लोकल गाडी मा आउथ्यो  कि भनेर!
 
जहिले उनि मेरो बेन्च भन्दा ४ सिट अगाडि बस्थ्यो, त्यसैले २ हप्ता मा १ चोटि नि कुरा गर्न पाइन, तर मन सन्तुस्त पार्न मैले जहिले उनिलाई लुकी-लुकी हेर्दै बिताए, सरले के सिकाएको भनेर वास्ता नि गरिन, बरु मलाई उनकै चिन्ता थियो; उनि मेरो हुन्छ कि हुदैन भनेर ,  हर्-पल उनकै याद मा दुब्दै म क्लास् मा समय बिताउदै गए।
 
ब्रेक को समय थियो...
मेरो एक जना मित्र, नरेशले भन्यो, साथी तिमी कति पदन्ते, जहिले क्लास् मा मात्र बसी राख्छौ भन्दै मलाई छाडेर उ बाहिर गयो, तर उसलाई के थाहा? 
म क्लास् मा बस्नु को कारण । 

त्यही समय मा, म आफ्नो सिट मा बस्दै  फिजिक्स को नोट गरिराखेको जस्तै गरे, उता पछाडि बाट केटा हरु हुन त मेरै साथी हरु थियो तर उति बोल्-चाल नभएको... त्यो केटा हरु उनि भएको ठाउँ मा गएर नचाइने गफ थोक्दै बस्यो, उनि नि मुसु-मुसु हाँस्दै थिइन... त्यो केटा हरु को कुराले | अनेकौ गफ हान्यो, तर कुरा कुरा मा एक जना केटा ले तिमी क्या राम्री सरङ्ग भन्यो! मलाई रिस्उठि सकेको थियो (तर मैले कन्ट्रोल गरे र आँफै ले आँफैलाई भन्ने सुरु मा तेरो त हुने दे त्यस् पछी कति रिसाउन मन लाग्छ त्यती  रिसाउ भने ।) , मैले उनको सिट तर्फ हेरे, मुहार मा बनावोती मुस्कान थियो। उता हेर्दै गर्दा, उनको र मेरो पहिलो पटक आँखा जुध्यो, मेरो आँखा मा रिस् अझ पनि थियो, मैले उनलाई नहेरी अर्को तर्फ हेरे । उता के भो भनेर याद नि गरिन्, त्यही किताब मा मात्रै हेर्दै बसे । 

बिचरा म, उनले के सोचिन होला, डर लाग्न थाल्यो, उता हेरी रहेको समय मा उनि म भएको तिर आइन र मेरो तर्फ बसिन । कुरा गरौ गरौ जस्तो भो, सरङ्ग ले नै कुरा सुरुवात गर्छ कि जस्तो भो, तर उनले गरिनन् । म आफ्नो टाउको तल पत्ती राख्दै बसी राखे। 

ब्रेक सकेको घण्ती बज्यो... 

धन्न उनले मलाई केही भनिनन्... 
क्लास् मा राम्ररी ध्यान दिनै गाह्रो भो, यसो बूक हेर्दा उनले के सोच्दै होला भनेर दिमाग मा प्रश्न हरु आउदै गरयो ! त्यो प्रश्न हरु हताउन म उनि तर्फ हेर्थे, उनि सर तिर ध्यान दिदै हुन्थ्यो । त्यही समय मा खै अचानक्... 

Hey you!!! भनेर सर ले भन्नु भो!

मैले me (आँफै लाई देखाउदै) भनेर भन्ने । 

Yes you! भन्ना साथ म जुरुक उठे र सरले मलाई प्रश्न सोध्नु भो । 
खै के प्रश्न थियो मलाई याद थिएन तर मैले उनि तर्फ हेर्दै थिए, हाँस्दै थिइन्, म पनि हाँसौ हाँसौ जस्तो भो तर हाँस्ना मनाहि थियो, किन कि सब बसी राखेको बेला म एक जना मात्र उठि राखेको थिए । मलाई फेरी क्लास् को जोकर बन्नु मन थिएन, धन्न मैले उत्तर भने र सर ले सिट डाउन भन्नु अगाडि क्लास् मा ध्यान दिने गर भनेर सुझाब दिन्नु भो । 

सर ले त्यो कुरा भन्ने बेला, सबै मित्र हरु हास्यो, र पछाडि मेरो साथी कृइश ले भन्यो, कस्लाई हेर्दै हो! यसो हामी नि हरेम भन्यो । 
खै उस्ले कति ठुलो स्वर ले भनेको होला, सर को कान मै पुग्यो त्यो कुरा, अनि सर ले मेरो साथी कृइश लाई अगाडि ल्याएर Co-Ordinate को Problem Solve गर्न दिन्नु भो (म चै मन-मन मै ठिक परयो मेरो सरङ्ग लाई हेर्न खोज्ने हैन भनेर हास्दै थिए ), उसले ले सिधै मलाई आउँदैन भन्यो । खै सर लाई के रिस् उथ्या होला, उसलाई १ देखि १० नम्बर सम्म होम वोर्क दिन्नु भो, र उसलाई टाउको मा कुत्दै सिट मा बस्न जाउ भन्यो । सर ले फेरी मलाई तिर हेर्दै, त आइजो यो गरेर देखा भन्यो । मेरो साथी कृइश हाँस्दै भन्यो लु तेरो पालो नि आयो! भन्यो र म पछाडि हेर्दै अगाडि तिर लगे, र मार्केर लिएर गर्न थाले (हुन त सजिलो थियो, कक्षा १० तिर कै question थियो) सर ले मलाई हेर्दै, हेर्दा त गर्छ जस्तो लाग्दैन, लु तेरो नाम भन त भनेर सोध्यो, मैले मेरो नाम सकिन भने र सर ले भन्यो क्लास् मा केटी तिर ध्यान भए नि केटो ले गर्दो रहेछ भन्नु भो । 

मेरो त झन बिल्ला उद्यो...

सरङ्ग मुसु-मुसु हाँस्दै थिइन्, म उसलाई हेर्दै थिए, सर ले फेरी गाली गर्नु भो। 

घर जाने समय भई सकेको थियो, सधैं झै म अन्तिम मा गए नरेश सँग, उसले भन्यो साले पढन्ते के हो केटी लाई हेरी हेरी क्लास् Top हान्छस कि क्या हो! मैले नि का जाबो त्यती सजिलो question त बच्चा ले नि गर्छ भनि दिए। बाहिर जादा मैले साथी नरेश लै (Bye) भन्दै म आफ्नो गाडी (लोकल) को प्रतिक्ष्या गर्दै ।   
हुन्न त म अलि अगाडि गएर गाडी पर्खिदै थिए, र एउटा गाडी मा चढे र उता क्लेज तिर हेर्दै बसे, अलि अगाडि पुग्दा गाडी रोक्यो तर मैले को चढ्यो भनेर हेरिन तर उनि म भएको सिट तिरै बसिन्, को बस्यो भनेर हेर्न खोज्दा त सरङ्ग श्रेष्ठ पो थिइन । मेरो मन को धुक धुकी बध्न थाल्यो । यती जोड ले धद्क्यो कि मेरो ओरि-परी नै सुन्ने जस्तो गरी! हामी दुबै जना मौन थियौ । न त मैले नै बोले न त उसले नै । दुबै जना सिधै हेर्दै बस्यौ। गाडी को खलासी ले भाडा माग्यो, मैले म सँग भएको २० रुपैया को नोट निकालेर दिए । तर खलासी ले मेरो मात्र कताएर मलाई फिर्ता दियो हुन त म खलासी ले प्रश्न सोध्छ कि भनेर बस्दै थिए, तर सोधेन, हुन त मेरै गल्ती जस्तो लाग्यो, मैले नै खलासी लाई २ जना को भन्नु पर्ने! उसले केही भनेन र उनले आफ्नो पैसा दिइन र बस पार्क पुग्दा उनि मुसु-मुसु हासेर गाडी बाट ओर्लिन ।
 
फिल्मी स्टाईल मा  जस्तै "हसी तो फसी" भन्न थानेको थिए  हासेर जाँदा मेरो माइन्ड मा पोजितिविती आयो कि उनले नि मेरो बारे मा केही त सोचि राखेको छ भनेर । यसो फेरी फिल्मी स्टाईल try गरे उनि फर्केर हेर्छ कि हेर्दैन भनेर तर उनि मलाई फर्केर हेरिनन्, मेरो मन नै खल्लो भो, र उदास मन लिएर म घर गए।

खल्लो मन राखेर जानु पर्ने अवस्था आएको पहिलो चोटि थियो । 

(उदास मन लिएर)
घर गए लुगा फुकाली सुतिहाले । आमा ले के भो भन्दै मलाई ३-४ चोटि उठाउन कोसिस् गर्नु भो, तर म उठिन । मलाई निन्द्रा लाग्यो भनेर जवाफ दिए, र मेरो आमा मेरो रूम बाट जानु भो 

(आँफै ले आँफैलाई) 
कसरी भन्नु, कि मलाई कोइ केटी मन पर्‍यो । र आज मलाई बस मा सँगै यात्रा गर्दा नि १ शब्द नि बोलेन भनेर। कसरी भन्नु कि म उनि बिना बाँच्न सक्दिन भनेर। 

३ घण्टा पछी जुरुक उठे, र आज देखि कोही केटी हेर्दिन भनेर के कसम खाएको, फेस्-बुक खोल्दा सरङ्ग श्रेष्ठ को फ्रेन्- रिक्वेष्ट देख्न साथ मन मा हर्स न बिल्लास् भो । मन मा अनेकऔ प्रश्न आयो । सरङ्ग ले त मलाई मन पराउछ कि ? साचै Accept गरौ कि नगरौ ? जस्ता प्रश्न आइ राख्यो । मैले भर्खर खाएको कसम नै बिर्सें उस्को फ्रेन्- रिक्वेष्ट देख्न साथ । केही समय उस कै profile लत्ता ले केरा हेरेको जस्तै हेरी राखे ।

१ घण्टा उसको profile हेरे पछि मैले अन्त्य मा accept गरिहाले।

- सकिन महर्जन
(to be continued)
Fiction   

No comments:

Post a Comment