Monday, November 10, 2014

मेरो अन्धो काहानी !!! - ४

अङ्क ४ 

Astray र चुरोट को बत्ता सँगै राखेर म छतमा हेर्दै तोलाएर बसे । कप बोर्ड बाट Wiskey निकाले र ग्लास मा हल्का हल्का राख्दै प्युन थाले । 

खै  आज जोश का बाट आएको होला ?
मैले मेरो मोबाईल निकाले र ग्याल्लेरी मा गएर उनको फोटो हेर्दै बसे । फोटो हेर्दा हेर्दै मैले Whiskey कति ग्लास पिए भनेर थाहा नै पाउन सकिन। फोटो हेर्दै बस्दा मैले, मंगल बजार तिर खिचेको फोटो देखे। त्यो फोटोमा हामी दुवै जना थिएम, त्यो फोटो हाम्रो First Date मा खिचेको फोटो थियो। त्यो date मा उनि केही बोलिनन्  त्यही कुरा हरु सम्झिदै म हास्न थाले । हुन त यो हाँसो गलि सकेको हाँसो जस्तै लाग्यो । धेरै बर्ष पछी हासेको कारण ले नि होला, मेरो हाँसो मलाई नै नराम्रो लाग्नु को कारण ?
  
धेरै राती भएको थिएन, राती ८ बज्न लागेको थियो, मैले मेरो मोबाईल लिए र Alarm Set गरे किन कि मलाई मेरो काम प्यारो थियो, त्यो नभएको भए म उहिले यहाँ सदि सकेको हुन्थे होला । हात मा चुरोट च्यापे र सल्काउन खोजे, र बिस्तारै तान्न खोजे... गार्हो लाग्यो तान्न आज, तान्न खोज्दा उस्कै याद आउने! 

(हातमा चुरोट राख्दै)

यसो भित्ता मा अदेस् लिदै... उनि लाई सम्झिदै।।।

कलेज सुरु भएको थियो, त्यही असार मासन्त देखि, तीन महिना छुटिमा बसी सकेपछी कलेज त जानै मन नलाग्ने... त्यो नि पहिलो दिन... बुवा ले मलाई Little Angels' College मा भर्ना गरिदिनु भएको थियो, हुन त ठुलो कलेज, पहिलो दिन डर सँगै नयाँ साथी बनाउन धेरै उत्साहा भई राखेको थियो । हुन त जे होस् पहिलो दिन 
कलेज पुगिहाले। पहिलो दिन चै ५ बजे नै उठेर लुगा लगाई  बसी राखेको थिए, ६ बज्ना साथ मलाई मेरो बुवा ले पुराउन आउनु भो। 

पहिलो दिन्...
नोटिस् बोर्ड मा हेरे र मैले मेरो क्लास् खोज्न गए । हुन त भेटाए तर क्लास् मा कसैलाई नचिनेको ले म पहिलो 
सित मा  बस्न गए । 

(पहिलो सित मा बस्दा सबै साथी हरु ले पढन्ते थनेकै होला)
बिहानको ६:३० भएको थियो, बिस्तारै सिट हरु भरिदै गयो, तर म कसै सँग बोलेको थिइन । केही समय पछी Dean आयो र ५ मिनेट को हावा गफ हानेर जानुभो। Dean गएको लगतै... गणित सर क्लास् भित्र  छिर्नु भो। 

पहिलो दिन के नै पदाउछ भनेर ठानी राखेका  थियौ, तर छिर्ने लगतै आफ्नो नाम white board मा लेखेर फोर्मुला  हरु लेख्न थाल्नु भो, मेरा सब नयाँ मित्र हरु ह्या! हु! भनेर कराउदै सर लाई हामी तिर ध्यान आकर्शन गरायो । सरले नि मजाक गरेको भन्दै introduction सुरु गर्नु भो । 

धन्न मबाट सुरु नगरि पछाडि बेन्च का मित्र बाट सुरु गर्नुभएको थियो । 

सुरु गरी रहदा ढोका मा कसैले Knock गर्‍यो, क्लास् चुप-चाप भो र सर ले ढोका खोल्नु भो, म ढोका पत्ती हेर्दै थिए...
हेर्दा एक जना राम्री देख्ने केटी अगाडि उभिदै थिइन।  

सर ले Why you're late? भनेर प्रश्न सोध्नु भो, र उन्ले जवाफ दिइन Sorry Sir! I missed my bus. Actually I don't know the time of bus reaching my stop. उनको स्वर नै उनको अनुहार जस्तै थियो, कोमल... सर ले No problem भन्दै उनि लाई आफ्नो Introduction गर्न को लागि आग्रह गर्नु भएको थियो । 

उनको सेतो अनुहार रातो न पिरो भएको थियो, र मेरो मित्र हरु सब हासिराखेको थियो, तर मलाई मेरो मित्रहरु देखेर रिस्उठ्न  थाल्यो । उनले, क्लास् को अगाडि आएर भनिन् Hi Everyone, My name is Sarang Shrestha . I am from Lagankhel भनेर पछाडि केटी भएको ठाउँ मा बस्न गइन।मलाई उनको पहिलो हेराइ मै मन पर्‍यो, र मेरो कानमा उनको नाम मात्र गुन्जी रहेको थियो, सरङ्ग श्रेष्ठ, कहिले घर जाम र उनलाई फेस्-बुक मा फ्रेन रिक्वेष्ट पठाम भो । उनले  दिएको Introduction मेरो कान म गुन्जी रहयो । एकासी सर मेरो अगाडि उभिनु भो र मलाई अगाडि गएर मेरो Introduction दिन आग्रह गर्नु भो । म अगाडि गएर, Hi, My name is Sakin Maharjan, from Nepal भन्न गए र सब जना हास्न थाल्यो , मैले sorry भनेर मेरो सिट मा बस्न गए । 

६ घण्टा पछी बल्ल तल्ल घर जान पाउने भो। क्लासबाट म ढिलो निस्किए, किन कि मलाई उनको अनुहार हार्नु थियो। हसिलो, देखने बितिकै उनको अगाडी गएर मन को कुरा भन्न मन लाग्यो तर म जस्तो कातर सँग हिमत आएन। उनी लाई हेरी सकेपछि, म र मेरा नयाँ साथी हरु सँग बाहिर कलेज गेट सम्म गफ हान्नेर गए। त्यसपछि  म लोकल गाडीमा चढेर घर गए, घर पुग्ना साथ मैले लुगा नफुकाली फेस्-बुक खोले र आज संसार कै अन्तिम दिन भए जसरी मैले सर्च बक्स मा S-A-R-A-N-G टाईप गरे र उनको Account देखे , उनको account मा click गरे र हेरे, फ्रेन रिक्वेष्ट पठाउन त मन थियो तर हल्का डर नि लागि राखेको थियो । 
पहिलो दिन मै फ्रेन रिक्वेष्ट पठाउने को गधा भन्छ कि भनेर डर नि थियो, हुन त हो पहिलो दिन मै पठाएँर कुरा किन बिगारने जस्तो भो । 
बरु मैले सरङ्ग को  फेस्-बुक Account बूक्मार्क गरे र उनको प्रोफाइल चेक गर्न थालेको थिए। 

- सकिन महर्जन
(Part 4 still to be complete)
(to be continued)

No comments:

Post a Comment