Sunday, November 9, 2014

मेरो अन्धो काहानी !!! - १, २, ३

अङ्क १ 

कहिले कही लाग्छ मलाई, यो सारा-संसार कै पापी मै हु कि भनेर, सबै पाप मैले नै बोकेर आएको जस्तो । जती पनि दु:ख छ यो सबै मेरै जस्तो लागछ  । मर्न त मन कस्लाई हुँदैन र यस्तो अवस्थामा तर मलाई मर्नु उति कै जिउन मन थियो, हेर्न चाहन्थे कि म बचेँर यो संसार के नै भयो भनेर! 

आज आएर हाँसो के हो भनेर संसारका सबै जिबित ब्यक्ती लाई सोध्न मन थियो  तर म जस्तो पापी मन भएको कुपुरुष लाई कस्ले नै जवाफ देला र ?

पिडा मा बितिरहेको जिन्दगी लाई सुख मा बिताउनु मन थियो तर के गरम् यो लोभि हत्केला देखाउदा मेरो प्रगती नहुने जस्तो देखा पर्‍यो । 

साझा तिर आफ्नो कोठा मा बसिराखेको बेला... 

म आफ्नो कोठा को कुनामा गएर सुर्य चुरोट को १ खिल्ली ओठ मा च्यापी सलाई कोरे, हुन त यो मेरो पहिलो चोटि थिएन, तर पनि मलाई पहिलो चोटि जस्तै बेसरि खोकी लाग्यो, हतो न पत्तो मैले मेरो अगाडि राखेको Wiskey एक सत मा  निले ।

खोकी लाग्न कम भए लगतै मैले फेरी ashtray मा राखेको चुरोट  हातमा लिए र धुवाँ उदाउन थाले । मलाई त्यही चुरोट को धुवाँ झै हावा मा उद्न मन लाग्यो, हावा मा रमाउन मन लाग्यो तर त्यही हात मा च्यापी राखेको चुरोट देख्दा उहिले बर्ष अगाडि मैले मेरो साथी लाई भनेको कुरा मेरो कान मा गुन्जिइ रह्यो । 

याद थियो...

मैले मेरो साथी लाई भनेको,

"मित्र कति तान्न सकेको फेरी एक दिन माथि भगवान ले नै तलाई तान्ला" 

"चुरोट त धुवाँ मात्रै त हो, के नै गर्छ र यस्ले; न त तेरो भोक नै मेटाउछ, न त प्यास नै, सक्ने बिती कै सक्क सक्क बाहेक केही हुन्न ।
  
त्यो कुरा ले आज मलाई आत्मग्लानी भो, काश मैले उस्को कुरा बुझ्न सकेको भए । 

आँखा बाट आशु झरेको मैले वस्ता नि गरिन्, कर्मनाश को पानी  झै बगी रह्यो... 

अङ्क २ 


एकान्तको कुना मा बसेर म के गरौं भनेर सोच त आयो, तर त्यो हात मा रहेको चुरोट सँग को Corner Date लाई छाड्न मन लागेन । 

यसो मोबाईल हेरे! ओपेरा मिनी खोले र फेरी बन्दा गरे ।

झाउ लग्न थाली सकेको थियो, तेसैले फेरी एक पतक मोबाईल हात मा लिए र Facebook App खोले, खोलेको के थिए, ९० वटा Notification देखेर मलाई facebook झन चलाऊन मन लागेन। 

देखे साथी को Profile picture हसिँलो, Like र comment को बरसाद हुँदै थियो । 
Comment पढ्न मन लागेन, तर  Like हानेर Logout के गर्न खोज्या थिए, मोबाईल मा Vibration आइहाल्यो, हुन त मेसेज आएको थियो । 

हुन त मेरो त्यो मेरो केटी साथी थिइन्, अश्मिता, स्कुल साथी तर मैले वास्ता नगरि Logout गरी हाले । 
रिस् को झोक मा मैले मेरो मोबाईल फयाले, हुन त कही भएन होला मेरो पहिलो कमाइ को मोबाईल । मैले चुरोट को धुवाँ लाई हावा मा फयाल्दै मैले चुरोट Astray मा निभाए ।  

फेरी गहिरो सोच मा लागे... 

हुन त म एक्लो छु, कुना मा बसेर आफ्नै  छायाँ  तोलौदै छु । 

हुन त को सँग सातौ  मेरो पिडा! थियो त हात मा चुरोट्, त्यो नि पहिला को कुरा हरु भुल्न को लागि ।  

हुन त सधैं झै हसिलो मुहार बनाउनु मन थियो । 
घडी हेरे रातिको २ बजे भाई सकेको थियो, सुत्न को लागि मैले मेरो Rest Room तिर लागे, खाट मा नसुती सोफामा सुत्न तत्पर भए । 

निन्द्रा त लागेको थिएन तर पनि सुत्न कोसिस् गरे ।  
फेरी निन्द्रा लागेन मोबाईल निकाले खोजे र हेरे केही भयो कि भनेर, धन्न केही भएको रहेनछ । 

मोबाईल हेरे Alarm सेट गरे त्यो नि ७ बिहान को!!! 

खल्ती मा राखेको Ear Phone निकाले र मोबाईलमा गीत सुन्न के आतेको थिए, मलाई गीत नै सुन्न मन लागेन । 

खैं आज किन हो किन मलाई आज कुनै गीत ले मन छोएन।

अङ्क ३ 

सधैं झै म त्यही समय मा उठे... 
यता उता हेरे, तर मेरो प्रिय खात बाट नउठि त्यही बसी आज  के गरम भनेर सोच्दै बसे। 

घडी हेरे... 
३० मिनेट बितीसकेको थियो। 
हत न पत्तो म खात बाट उठेर नित्र्यकर्मा गरे र किचन मा गएर कफी बनाए। र कफी, मगमा राखेर मगसँगै   बद्लीमा गए। बाद्ली मा राखिराखेको कुर्सी मा बसे र कतै नभएको शहर लाई टोलाएर बसी राखे । 

खल्ती मा खोजे चुरोट को बत्त्ता निकाले। हेरे खाल्ली थियो। रिस् को झोक मा मैले त्यो बाद्ली बाट फ्याले।
धन्न कसैलाई लागेन । फेरी रूम तिर लागे, र सुर्य चुरोट को बत्ता बाट १ खिल्ली चुरोट सल्काएर बाद्ली मा बस्न गए। चुरोट र कफी को स्वाद नै बेग्लै हुदो रहेछ, चुरोट सक्ने बितीकै, बाद्ली बाट हेरे राम्री केटीहरु त्यो ठाउँ बाट दुल्दै थियो, दिस्क्यौदै आनन्द लिदै बसे तर अचानक एउटा केटी लाई देखे ...
त्यो केटी लाई कतै देखेको जस्तो लाग्यो, जती नजिक त्यती मेरो मन को धुक्धुकी बद्न थल्यो तर जब मेरो बाद्ली बाट दुल्दै गइन तब मेरो मन मा आनेकौ प्रश्न हरु आयो । 

उनि किन यता ? 

म यता छु कि भनेर थाहा पायो कि ?  

(आँफै लाई जवाफ दिदै) 
थाहा पाउनु कसरी ! न त मैले कसैलाई भने, न त मैले मेरो आमा बुवा लाई नै थाहा थियो । मैले मेरो अभिभाबक लाई  अमेरिका पढ्न जान्छु भनेर नै धातेको थिए, उनि ले कसरी थाहा पायो म यता Russia को Yeniseysk मा  छु भनेर!!! 

तनाब नै तनाब...  

मन ले मानी राखेको थिएन त्यो उनि थियिन भनेर । हुन त उनि मेरो कलेज पढ्दा को साथी थिइन,जसलाई म असाध्यै माया गर्थे, माया मात्र नभइ जुनि जुनि उनि सँगै बिताउने कसम लिएका थिए।


मेरो मन दुई तर्फी को हुन खोज्यो, रिस् सँगै मलाई खुशी नि लागि राखेको थियो, उनि यता आएर । कोठा भित्र गए र, खाट तल रहेको Whiskey निकाले र बोटल बाट नै मैले प्युन थाले  । 

खुशी ले प्युदै छु कि रिस् ले थाहा पाउन सकिन । चुरोट नि सल्काए तर २-३ चोटि टाने तर त्यो भन्दा धेरै तान्न सकेन र Astray मा राखेर निभाए।के गरम के गरौ भो, बाहिर गएर खोजम नि जस्तो लाग्यो तर मेरो मन ले (उनी हैन) भनेर मात्र सन्देश दिन्छ ।  

हुन त कस्को कुरा मनाउ ?
(अगाडि रहेको एना मा तोलाएर हेर्दै ) 
जिन्दगी ले नि म सँग के न्ह्यु खोजेको होला, उसलाई नै भुल  छु भनेर कसलाई न भनि यता आएको त आज उनि पनि यही शहर मा । 

गजब छ, जती टाढा जान्छु उनि त्यती नजिक आउछ । मरौ कि बाच्नु  अवस्थामा आइसकेको थिए तर बाच्नु बाहेक अरु केही बिकल्प थिएन । 

बदर्ली मा बसे फेरी आउछ कि भनेर बसे तर धेरै बेर सम्म पर्खिदा नि  उनि आएनन् । 

मोबाईल मा टाईम हेर्न खोज्दा मैले मेरो बोस् को ४ वटा missed call देखे र हत्त न पत्तो मैले कल गरे, र थाहा पाए कि भोली मलाई बिहान नै office पुग्नु थियो...ओके भनेर मैले फोन राखे ।
  
- सकिन महर्जन
(Fiction) 
( to be continued)


No comments:

Post a Comment