Friday, March 13, 2015

म र मेरो छाया।।।


म हराए आज, अर्कै दुनिया मा; दुनिया जहाँ म र मेरो छाया मात्र थियो। मैले मेरो छाया लाई सोधे, तिमी किन जहिले मेरो वरी परि हुन्छौ? किन म पछि पछि आउछौ?

हुन त मेरो छाया ले केहि बोलेन तर पनि मैले यस्तै प्रश्न सोध्दै गरे! 
एक छिन् को मौन पछि, मेरो छाया बिलाउदै गयो, र अन्धकार ले छायो। म चिच्याए, जता हेरे नि अन्धकार, म डराए तर कोइ थिएन जसले मलाई यो अन्धकार बाट बचाउने।

म एक्लै कुना मा बसेर रुदै बसे र समय बितेको थाहा नै भएन। एक छिन् पछि म उठे र मेरो छाया लाई देखे। देखने बितिकै मैले गाली गर्ने सुरु गरे,मलाई एक्लै छाडेर कता गएको थियौ?
मेरो छाया हास्दै भन्यो, देख्यौ त म बिना को जिन्दगी? मलाई मेरो छाया ले अन्योल मा पारेर गयो, हामी लाई चाहिने वस्तु को महत्व त पछि त्यसको अभाव मा पो थाहा हुने रहेछ।
[माफी पाउ यदि कतै mistake गरेमा ]    

No comments:

Post a Comment